मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Gossip News Headlines
Results : 1 - 6 of 352
फिल्मीखबर, काठमाडौं, २०७९ ज्येष्ठ २, आईतवार

कोरोना महामारीयता नेपाली बक्सअफिसमा विदेशी फिल्मले एकछत्र रजाई गरिरहेको छ । दोस्रो चरणको बन्दाबन्दीपछि बलिउड फिल्म ‘सूयंवंशी’ले नेपालमा आक्रामक कमाई गर्‍यो । यसपछि तीन ठूला साउथ फिल्म ‘पुष्पा’, ‘आरआरआर’ र ‘केजीएफ २’ले करोडौं छापे । अघिल्लो हप्ता प्रदर्शनमा आएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज २’ले पनि हलमा दर्शकको राम्रो पाउन पाएको छ । 

फिल्मीखबर, काठमाण्डौ, २०७९ वैशाख १७, शुक्रवार

आफूले पाएको चरित्रमा डुबेर अभिनय गर्ने अभिनेताको रुपमा चिनिन्छिन्, गौरव पहारी । डेब्यू फिल्म ‘मञ्जरी’बाटै आफूलाई राम्रो अभिनय गर्ने कलाकारको दर्जामा उभ्याएका उनले प्रायः फिल्ममा प्रशंसनीय अभिनय गरेका छन् । तर, उनी अचेल फिल्ममा लिड हिरोभन्दा चरित्र अभिनेतामा बढी जमेका छन् । भूमिका सानै भए पनि उनले हातमा आएको फिल्म हत्तपत्त नकार्ने गरेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ वैशाख १५, बुधवार

यस वर्षको प्रतिक्षीत फिल्म ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ । चार मिनेट २८ सेकेन्ड लम्बाईको ट्रेलर कमेडीले भरपुर छ । अघिल्ला तीन सिरिजमा मैयाँको प्रेम पाउन नसकेर विरक्तिएका काजी (दयाहाङ राई) सँग शहरबाट गाउँको एक स्कूलमा पढाउन आएकी मिस शान्ति (मिरुना मगर) नजिक बनेपछि आउने उतार-चढावलाई ट्रेलरमा रोचक तरिकाले देखाइएको छ । 

फिल्मीखबर, काठमाडौं, २०७९ वैशाख १२, आईतवार

फिल्मलाई दर्शकमाझ पुर्‍याउन कलाकारको भूमिका महत्त्वपूर्ण हुन्छ । सिनेमा हलसम्म दर्शकहरुलाई आकर्षित गर्न फिल्मको प्रचारमा कलाकारको उपस्थिति र उनीहरुको ‘कन्भिन्सिङ पावर’ कति सशक्त छ भन्ने कुराले ठूलो अर्थ राख्छ । कलाकारको साथ विना फिल्मको प्रचार खासै प्रभावकारी हुन सक्दैन । तर, एकाध फिल्मले मात्र प्रचारमा कलाकारहरुको साथ पाउने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ वैशाख ९, बिहिवार

नेपाली नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ले प्रदर्शनको पहिलो हप्ता बम्पर कमाई गरेको छ । प्रदर्शनको तीन दिनमा २ करोड ४३ लाख कमाएको फिल्मले एक हप्तामा ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ । बिहीवार निर्माण टिमले एक पोस्टरमार्फत् फिल्मको एकहप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०७८ चैत्र १८, बिहिवार

फिल्म रिलिजको संघारमा हुँदा कलाकारहरुले प्रचार-प्रसारमा साथ नदिएको भन्दै बेला-बखतमा निर्माता-निर्देशकहरुले मिडियामा गुनासो पोखिरहेका हुन्छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’ले पनि प्रचारमा दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंको साथ पाएको छैन । दुई अभिनेत्रीको उपस्थिति र साथविनै निर्माण टिमले प्रचार गरिरहेको छ । 

Results : 1 - 6 of 352