मिति : २०७० ज्येष्ठ ९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Gossip News Headlines
Results : 1 - 6 of 51
फिल्मीखबर, काठमाण्डौ, २०७० वैशाख २७, शुक्रवार

बिहे हुन अझै २ महिना बाँकि छ तर हिरो यशराज गरच भने अलि हतारिएको देखिन्छन् । बिहिबार फिल्म साँघुरो प्रिमियरमा हुनेवाली जीवनसंगिनी अञ्जना मिश्रलाई उपस्थित भएका हिरोले बिहे गर्न हतार भएको छनक देखाएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, २०७० वैशाख २२, आईतवार

स्टार रेटिङ कुन दर्शकले कसरी गर्छन् त्यो भन्न सकिन्न । तर पुलिसका केही जवानले भने एक अचम्मको रेटिङ गरेपछि प्रोड्यूसर एसोसिएसनको चुनावी माहोलमा यो प्रसंगको  निकै चर्चा भयो ।

अनुप भट्टराई, काठमाण्डौ, २०७० वैशाख २, सोमवार

नोटबुकको दर्शक प्रतिक्रियाले शायद प्रज्ञा जोशी निकै प्रफुल्लित भएकी छिन् यतिबेला । उनको मुहारमा खुशीको रंग पनि ज्यादा नै देखिन्थ्यो । तर त्यो खुशीको रंग कस्तो थियो यसै भन्न सकिन्न । यध्यपी उनको घाँटिमा देखिएको लभ बाईटले शायद उनी निकै खुशी रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ चैत्र २८, बुधवार

दर्शकसँगको प्रत्यक्ष भेटघाटले फिल्मको प्रचारप्रसारलाई राम्रो सहयोग पुर्‍याउने देखेर होला यहि चैत्र ३० गते रिलिज हुन लागेको फिल्म 'नोटबुक'का हिरो जीवन लुईटेल बुधबार मध्यान्न गोपीकृष्ण हल परिसरमा भेटिए । उक्त हलमा फिल्म हेर्न आएका दर्शकलाई जीवनले आफ्नो हस्ताक्षर भएको नोटबुक बाँडे र भने- 'यो नोटबुकमा फिल्म हेरेर आफूलाई लागेको राम्रो नराम्रो कमेन्ट लेख्नुहोला ।'

अनुप भट्टराई, काठमाण्डौ, २०६९ चैत्र २०, मंगलवार

गएको भ्यालेन्टाईन्स डेको दिनमा आफ्नो तेस्रो फिल्म फिटकिरीको एनाउन्समेन्ट कार्यक्रममा पनि यि हिरोईनको उपस्थिती भईदिंदा सम्बन्ध निकै गहिरो रहेको अनुमान काटिएको थियो । पुजना स्त्री र प्रोड्यूसर अर्जुन कुमारको यो सम्बन्ध कस्तो प्रकृतिको हो त्यो अगामी न्यूजमा खुल्दै जानेछ तर आज भने यि दुई निकै नजिक रहेको रहष्य हामी खोल्दैछौ ।

अनुप भट्टराई, काठमाण्डौ, २०६९ चैत्र ५, सोमवार

भिसा गर्ल जोडी बिनय श्रेष्ठ र रीमा विश्वकर्मा रियल लाईफको पनि जोडी  हुने संकेत देखिएको छ । ऋचा शर्मासंगको अफएयर क्रयास भएपछि अहिले बिनयको निकटता रिमा तर्फ बढेको कुरालाई रिदमको स्पेशल स्क्रिनिङमा फिल्मीखबरले ठम्याएको थियो ।

Results : 1 - 6 of 51