
काठमाडौं । कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा निर्माण भइरहेको फिल्म हो, ‘म मदनकृष्ण’ । फिल्मको छायांकन सुरु भएदेखि मदनकृष्ण धेरैपटक सेटमा पुगिसकेका छन् । मंगलबार काभ्रेको पनौतीमा पहिलो चरणको अन्तिम दृश्य खिच्दा पनि उनी सेटमै थिए । निर्देशक मिलन चाम्ससँग घन्टौं ‘मोनिटर’ हेर्दै बसेका उनले आवश्यक सुझाव समेत दिए ।

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ प्रदर्शन हुन अब तीन दिन मात्र बाँकी छ । दसैंलाई लक्षित गर्दै यही शुक्रबार (३० असोज)बाट प्रदर्शन हुन लागेको फिल्मका टिजरदेखि गीतसम्मले दर्शकमाझ राम्रै चर्चा पाइरहँदा मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै चार मिनेट लामो ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।

काठमाडौं । ‘कबड्डी’ भन्नासाथ दर्शकले सबैभन्दा बढी सम्झिने पात्र हुन्, काजी र मैयाँ । यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरे । त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलरले यसको खुलासा गरेको हो ।


काठमाडौं । नवीन पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’को शुभमुहूर्त गरिएको छ । नवरात्रिको अवसर पारेर मंगलबार ललितपुरको बंगलामुखी मन्दिरमा विशेष पूजाआजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । दसैंपछि छायांकन सुरु हुने फिल्मले वैदेशिक रोजगारीमा जानुपर्ने नेपालीको बाध्यता र त्यसले निम्त्याएको मानवीय कहरको कथा भन्नेछ ।

यसपालि नेपाली फिल्मको व्यापारले निर्माताहरूलाई राम्रै ‘सरप्राइज’ दिइरहेको छ । एकातिर केही फिल्मले करोडौँको व्यापार गरेका छन् भने अर्कोतिर धेरैजसो फिल्म लाख र हजारमा सीमित छन् । यस वर्ष १० लाख पनि नकमाएका फिल्मको सूची निकै लामो बनिसकेको छ । अब त्यसमा असोज १६ गते प्रदर्शन भएको फिल्म ‘चमेलीको पोइ’ पनि थपिएको छ ।

