Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 55 - 60 of 24232
फिल्मीखबर, काठमाडौं, 2026-10-02, शुक्रवार

नेपालमा कुनै अभिनेता जुँगाका कारण परिचित छन् भने ती भुवन केसी हुन् । उनको व्यक्तित्वमा जुँगाले छुट्टै आकर्षण थपेको छ । उनले जुँगा बिना सम्भवतः फिल्म समेत खेलेका छैनन् । अब उनकै जुँगाको स्टाइलमा छोरा अनमोल केसी फिल्म ‘बाटुलो जून’मा देखिने भएका छन् । शुक्रबार सार्वजनिक टिजरमा उनको जुँगासहितको लुक देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-10-02, शुक्रवार

राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा फिल्म ‘सिन्दूर’ बन्ने भएको छ । शुक्रबार पश्चिम नेपालको दाङमा शुभ मुहूर्त गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । मुहूर्तसँगै फिल्मको छायांकन समेत सुरु गरिएको छ । एक महिनाको तालिकामा दाङ क्षेत्रमा फिल्मको छायांकन हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-10-01, बिहिवार

पछिल्लो समय फिल्म निर्माणमा व्यावसायिक घरानाहरूको आकर्षण बढ्न थालेको छ । शेखर गोल्छा, धीरजकुमार अग्रवाल, नितेश मालपानी, राजेन्द्र शाक्य, दीपक मल्होत्रालगायतका उद्योगीले फिल्म निर्माणमा हात हालिसकेका छन् । अब नेपालको सबैभन्दा ठूलो व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी पनि फिल्म निर्माणमा होमिएका छन् ।

फिल्मीखबर, काडमाडौं, 2026-09-30, बुधवार

राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘कंगाल करोडपति’को छायांकन सुरु गरिएको छ । मंगलबार काठमाडौंको गोकर्णबाट फिल्मको छायांकन थालिएको हो । चार दिन गोकर्णमा छायांकन गरेपछि निर्माण टिम चितवन प्रस्थान गर्नेछ । त्यहाँ करिब एक महिना छायांकन हुने जनाइएको छ । दसैंमा भने केही दिन छायांकन स्थगित गरिने निर्देशक श्रेष्ठले बताए ।

फिल्मीखबर, काठमाडौं, 2026-09-30, बुधवार

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा २’ प्रदर्शन हुन अब १६ दिन बाँकी छ । तर, फिल्मको छायांकन भने अझै पूरा भइसकेको छैन । तीन दिनअघि काठमाडौंको मूलपानीमा फिल्मको एक गीत खिचिएको थियो । अब केही महत्त्वपूर्ण दृश्यको छायांकनका लागि निर्देशक पन्त र अभिनेता पल शाह हङकङ पुगेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-09-30, बुधवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’को व्यापारमा ‘वर्ड अफ माउथ’को प्रभाव देखिन थालेको छ । प्रदर्शनको तीन दिन निरन्तरको झरीले व्यापारमा ठूलो असर गरेको भए पनि मंगलबारदेखि हलमा दर्शकको चाप बढेको छ । मंगलबार ‘डिल डे’ अर्थात् ५० प्रतिशत छुटमा फिल्मले देशव्यापी ७० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको थियो । 

Results : 55 - 60 of 24232
Most Visited News (monthly)