Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 55 - 60 of 23937
फिल्मीखबर, काठमाडौं, 2026-07-04, शनिवार

हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को अहिलेसम्म एउटा पोस्टरबाहेक अन्य कुनै प्रचार सामग्री सार्वजनिक भएका छैनन् । तर, त्यही एउटा पोस्टरले विदेशमा फिल्मको माग बढाएको छ । शुक्रबार मात्र दक्षिण कोरियामा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-07-03, शुक्रवार

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ । साउन १ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको साढे ३ मिनेट लम्बाइको ट्रेलर मर्मस्पर्शी देखिन्छ । अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई केन्द्रमा राखिएको ट्रेलरमा महिलामाथि हुने घरेलु हिंसा र उत्पीडनलाई देखाइएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-07-03, शुक्रवार

जासूसी फिल्म निर्माणमा अब्बल मानिएको यशराज फिल्म्सलाई फेरि अर्को झड्का लाग्ने संकेत देखिएको छ । ‘टाइगर ३’ र ‘वार २’ अपेक्षित नचल्दा ठूलो दबाबमा परेको यशराजलाई शुक्रबारबाट प्रदर्शनमा आएको अर्को फिल्म ‘अल्फा’ले ‘स्पाई यूनिभर्स’लाई थप संकटमा पार्ने सम्भावना देखिएको छ । किनकि, फिल्मलाई दर्शक र समीक्षकबाट कमजोर प्रतिक्रिया मिलेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-07-03, शुक्रवार

कन्नड भाषाको बहुप्रतिक्षीत फिल्म ‘टक्सिक’ भदौ १० गते प्रदर्शन हुने भएपछि त्यसले नेपाली फिल्मको रिलिज क्यालेन्डर नै प्रभावित बनाएको छ । यो फिल्मका कारण भदौ १२ गते प्रदर्शन हुन लागेका फिल्म तितरबितर हुन थालेका छन् । अभिनेत्री प्रियंका कार्कीको लगानी तथा अभिनय रहेको फिल्म ‘मास्टर्नी’ समेत उक्त मितिबाट पछाडि हटेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-07-03, शुक्रवार

‘जारी’ जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘रातो घेरा : द रेड सर्कल’ आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभ मुहूर्त गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । फिल्मको छायांकन भने यही असार २५ गतेबाट सुरु हुनेछ । 

एजेन्सी, काठमाडौं, 2026-07-02, बिहिवार

तेलुगु अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला दुईवटा कारणले चर्चामा छिन् । एउटा, उनी आमा बन्दैछिन् । दोस्रो, उनको मुख्य भूमिका रहेको फिल्म ‘मा इन्टी बंगारम’ले कमाइमा नयाँ कीर्तिमान बनाएको छ । यो तेलुगु फिल्मको इतिहासमा सबैभन्दा धेरै कमाइ गर्ने महिला-प्रधान फिल्म बनेको छ । यसले ‘अरुन्धती’को कीर्तिमानलाई तोड्दै उक्त उपलब्धि हासिल गरेको हो ।

Results : 55 - 60 of 23937