मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म आफूलाई हिरो ठान्दिनँ : गौरव पहारी

फिल्मीखबर, काठमाण्डौ, 2022/04/29
gaurav pahari
 
आफूले पाएको चरित्रमा डुबेर अभिनय गर्ने अभिनेताको रुपमा चिनिन्छिन्, गौरव पहारी । डेब्यू फिल्म ‘मञ्जरी’बाटै आफूलाई राम्रो अभिनय गर्ने कलाकारको दर्जामा उभ्याएका उनले प्रायः फिल्ममा प्रशंसनीय अभिनय गरेका छन् । तर, उनी अचेल फिल्ममा लिड हिरोभन्दा चरित्र अभिनेतामा बढी जमेका छन् । भूमिका सानै भए पनि उनले हातमा आएको फिल्म हत्तपत्त नकार्ने गरेका छैनन् ।
 
उनी अभिनीत नयाँ फिल्म ‘लाइफ इन एलए’ आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा पनि उनी सहायक चरित्रमा छन् । यसै साता राजधानीमा आयोजित उक्त फिल्मको ट्रेलर रिलिज कार्यक्रममा गौरवले आफूलाई हिरो नभन्न आग्रह गरे । उनले भनेका थिए, ‘म आफूलाई हिरो ठान्दिनँ । हिरो भनेर सम्बोधन गरेको चित्त बुझ्दैन । मलाई कलाकार भनेकोमा नै खुशी लाग्छ ।’ 
 
आफूलाई फरक-फरक क्यारेक्टरमा काम गर्न मन पर्ने उनको भनाई छ । ‘हिरोइज्म कास्टमा मलाई त्यत्ति चित्त बुझ्दैन । सिन १० वटा होस् वा ५० वटा, क्यारेक्टरमा काम गर्न पाएँ भने खुशी हुन्छु,’ उनी अगाडि भन्छन्, ‘एउटा सिनले पनि क्यारेक्टरलाई जस्टिफाइड गर्न सकिन्छ, फिल्मभरी हुन आवश्यक छ । यो हिसाबले पनि मलाई हिरोभन्दा कलाकार भनेकोमा खुशी लाग्छ ।’
 
गौरवले फिल्म निर्माणमा पनि हात हालिसकेका छन् । आफूले अभिनय गरेको लोकप्रिय गीत ‘साइँली’ नाममा उनले फिल्म निर्माण गरेका थिए । फाट्टफुट म्यूजिक भिडियोमा पनि अभिनय गर्दै आएका उनी चाँडै फिल्म ‘शमशेर’मा देखिँदैछन् । यसमा उनी नकारात्मक भूमिकामा प्रस्तुत हुँदैछन् । केही दिन अगाडि सार्वजनिक भएको उनको क्यारेक्टर लुक्सले धेरैको ध्यान खिचेको छ ।