Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19 - 24 of 24232
फिल्मीखबर, काठमाडौं, 2026-10-12, सोमवार

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मको ट्रेलर प्रदर्शनको संघारमा सार्वजनिक गर्ने ट्रेन्ड नै बनेको छ । यसपालि दसैंमा रिलिज हुने फिल्महरूले पनि त्यही शैली पछ्याएका छन् । तर, फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर भने डेढ महिनाअघि नै सार्वजनिक गरिएको छ । मंसिर ४ गतेदेखि प्रदर्शन हुने यो फिल्मको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो । 

फिल्मीखबर, काठमाडौं, 2026-10-12, सोमवार

काठमाडौं । दसैंको अवसर पारेर यही शुक्रबार (३० असोज)बाट प्रदर्शन हुन लागेको फिल्म ‘आ बाट आमा २’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै ५ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । आमा र छोराको सम्बन्धलाई केन्द्रमा राखिएको ट्रेलरमा प्रेमदेखि श्रीमान्−श्रीमतीको वियोगसम्मको कथा देखाइएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-10-12, सोमवार

अभिनेत्री विद्या बालनको अभिनय करिअरकै चर्चित फिल्ममध्ये मानिन्छ, ‘द डर्टी पिक्चर’ । साउथ अभिनेत्री सिल्क स्मिताको जीवनबाट प्रेरित यस फिल्मले सन् २०११ मा भारतीय बक्स अफिसमा धमाका मच्चाएको थियो । १८ करोड भारुमा निर्माण भएको फिल्मले विश्वव्यापी ११७ करोड कमाइ गर्‍यो । फिल्मको ‘ओ ला ला’ गीत समेत निकै लोकप्रिय बन्यो ।

फिल्मीखबर, काठमाडौं, 2026-10-12, सोमवार

चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत ९ वटा नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । त्यसमा सबैभन्दा बढी कमाइ फिल्म ‘गौँथली’को छ । यसले २५ असोज (आइतबार)सम्म ९ लाख ४४ हजार ६१२ वटा टिकट बिक्रीबापत २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको छ । यो यस वर्ष (२०८३)को सर्वाधिक कमाउने फिल्म हो । 

फिल्मीखबर, काठमाडौं, 2026-10-11, आईतवार

काठमाडौं । नेपालको सर्वाधिक सफल फ्रेन्चाइजमध्ये एक हो, ‘कबड्डी’ । यसका चारवटा श्रृंखलाले घरेलु बक्स अफिसमा करोडौं कमाए । चौथो श्रृंखला (कबड्डी ४) त २०७९ सालमा नेपालको सर्वाधिक कमाउने फिल्म समेत बनेको थियो । तर, यो फिल्मका हरेक श्रृंखलाको कथा र परिवेश भने एउटै थियो । अर्थात् मुस्ताङको सेटिङमा सोल्टिनीलाई पाउन काजीले गर्ने संघर्ष । 

फिल्मीखबर, काठमाडौं, 2026-10-11, आईतवार

काठमाडौं । सवीर श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘३६ को आँकडा’को पहिलो गीत ‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक यस गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ भने सत्यराज आचार्य र अञ्जु पन्तले स्वर दिएका छन् । प्रेममा परेपछि मनमा उब्जिने भावनालाई गीतमा व्यक्त गरिएको छ । 

Results : 19 - 24 of 24232
Most Visited News (monthly)