Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19 - 24 of 24086
फिल्मीखबर, काठमाडौं, 2026-08-30, आईतवार

साउथ सुपरस्टार यश अभिनीत फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ एक साता पनि नबित्दै बक्स अफिसमा कमजोर देखिन थालेको छ । दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया नपाउँदा फिल्मको व्यापारमा भारी गिरावट आइरहेको छ । दोस्रो दिनमै फिल्मको कमाइमा ६२.८ प्रतिशत गिरावट आएको थियो । त्यसयता पनि फिल्मको कमाइ निरन्तर घटिरहेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-08-30, आईतवार

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधन र भौतिक क्षति भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले राहत, उद्दार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गरिरहेका छन् । नेपाली फिल्म क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम जारी छ । ‘महजोडी’देखि दीपकराज गिरी, दीपाश्री निरौला, विराज भट्ट, अनमोल केसीलगायतले आर्थिक सहयोग गरिसकेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-08-29, शनिवार

गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि त्यसको असर मनोरञ्जन क्षेत्रका गतिविधिमा समेत देखिन थालेको छ । कन्सर्टदेखि फिल्मका प्रदर्शन मितिसम्म ‘पोस्टपोन्ड’ भइरहेका छन् । यसैक्रममा यही शुक्रबार अर्थात् भदौ १९ गते प्रदर्शन हुने भनिएको फिल्म ‘ककाकिकी’ निर्धारित मितिमा नआउने भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-08-29, शनिवार

नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डबाट दिनेशराज दाहाल (दिनेश डिसी) २ वर्षे कार्यकाल पूरा गरेर विदा भएका छन् । शुक्रबार एक कार्यक्रमका बीच बोर्डका सदस्य सचिव सविन सिंह चौधरी, बोर्ड सदस्य सन्तोष बाबु लोहनी तथा कर्मचारीहरूले मायाको चिनो प्रदान गर्दै उनलाई विदाइ गरेका हुन् । दिनेश बोर्डका १८औं अध्यक्ष हुन् । 

फिल्मीखबर, काठमाडौं, 2026-08-28, शुक्रवार

‘केजीएफ’ स्टार यशको मुख्य भूमिका रहेको फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ २०२६ को सबैभन्दा ठूलो फ्लप बन्ने संकेत देखिएको छ । भारतमा एक सय करोडमाथिको सानदार ओपनिङ गरेको फिल्मले दोस्रो दिनमै बक्स अफिसमा घुँडा टेकेको छ । फिल्मको दोस्रो दिनको कमाइमा ६२ प्रतिशत गिरावट आएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2026-08-28, शुक्रवार

भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालमा ठूलो जनधन र भौतिक क्षति भएपछि विश्वभरबाट आर्थिक सहयोगसँगै सहानुभूति र ऐक्यबद्धता प्राप्त भइरहेको छ । विशेषगरी भारतीय कलाकारहरूले सामाजिक सञ्जालमार्फत बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै नेपालीलाई सुरक्षित र बलियो रहन आग्रह गरिरहेका छन् । 

Results : 19 - 24 of 24086