Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 349 - 354 of 23979
फिल्मीखबर, काठमाडौं, 2026-04-18, शनिवार

आगामी भदौमा फिल्म रिलिजको चाप उच्च हुने देखिएको छ । यो महिना आधा दर्जन फिल्म प्रदर्शन हुने तयारीमा छन् । यस्तैमा भदौमा अर्को फिल्म पनि थपिएको छ । ‘कमेडी दरबार’को समूहले निर्माण गरेको फिल्म ‘ककाकिकी’ भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको हो । शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2026-04-17, शुक्रवार

वसन्त निरौलाको निर्देशनमा बनिरहेको फिल्म ‘पाँच पाण्डव’ तिहारमा प्रदर्शन हुने भएको छ । शुक्रबार निर्माताले आरआर फिल्म्ससँग वितरणसम्बन्धी सम्झौता गर्दै तिहारमा फिल्म रिलिज गर्ने निर्णय गरेका हुन् । यद्यपि, फिल्मको मिति भने सार्वजनिक गरिएको छैन । तर, वितरक र निर्माताबीच लक्ष्मीपूजाको दिन फिल्मलाई प्रदर्शन गर्ने सहमति भएको जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-04-17, शुक्रवार

यम थापाको निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री स्वस्तिमा खड्कालाई केन्द्रमा राखिएको ट्रेलरमा वादी समुदायका महिलाको बाध्यता र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-04-16, बिहिवार

२०८१ सालमा राष्ट्रिय अवार्ड जित्न सफल फिल्म ‘बुलाकी’का निर्देशक लक्ष्मण सुनारको तेस्रो निर्देशकीय फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण पक्षले चार मिनेटभन्दा लामो मर्मस्पर्शी ट्रेलर दर्शकमाझ ल्याएको हो । ट्रेलरले दुई विवाहित जोडीको कथा पेस गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-04-16, बिहिवार

अभिनेता अनमोल केसीका लागि २०८२ अद्भूत वर्ष रह्यो । गत असोजमा प्रदर्शन भएको उनी अभिनीत फिल्म ‘जेरी अन टप’ले उनको करिअरलाई नै टपमा पुर्‍यायो । घरेलु बक्स अफिसमा मात्र करिब साढे १२ करोड कमाएको यो फिल्मबाट उनले आफ्नो स्टारडम मात्र प्रमाणित गरेनन्, अभिनयलाई लिएर हुने आलोचना पनि धेरै हदसम्म रोक्न सफल भए । 

फिल्मीखबर, काठमाडौं, 2026-04-16, बिहिवार

परिक्षेद सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’मा कलाकारको लाइनअप बलियो देखिएको छ । नयाँदेखि पुरानो पुस्ताका स्थापित कलाकारहरूको ‘पल्टन’ यो फिल्ममा देखिन्छ । बुधबार निर्माण पक्षले थप एकजना कलाकार भित्र्याउँदै टिम विस्तार गरेको छ । फिल्ममा अभिनेत्री केकी अधिकारी ‘महारानी’ पात्रको भूमिकामा अनुबन्धित भएकी हुन् ।

Results : 349 - 354 of 23979