मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ४’ले एक हप्तामा कमायो ४ करोड

फिल्मीखबर, काठमाडौं, 2022/04/21
ANMOL KC, SUHANA THAPA
 
नेपाली नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ले प्रदर्शनको पहिलो हप्ता बम्पर कमाई गरेको छ । प्रदर्शनको तीन दिनमा २ करोड ४३ लाख कमाएको फिल्मले एक हप्तामा ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ । बिहीवार निर्माण टिमले एक पोस्टरमार्फत् फिल्मको एकहप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।
 
यो फिल्मले बक्सअफिसमा साउथ फिल्म ‘केजीएफ २’सँग भिडन्त गरेको थियो । जसले गर्दा फिल्मले कुनै पनि मल्टीप्लेक्सहरुमा उच्च शो पाउन सकेन । फिल्म हाउसफूल चल्दा समेत मल्टीप्लेक्सहरुले शो बढाउन आवश्यक ठानेनन् । यसका बावजूद पनि फिल्मले पहिलो हप्ता ४ करोड ग्रस कमाई गर्नुलाई बम्पर मान्न सकिन्छ । बिहीवारबाट फिल्म दोस्रो हप्तामा प्रवेश गरेको छ ।
 
‘केजीएफ २’सँग भिडन्त नगरेको भए फिल्मको कमाई थप राम्रो हुनेमा दुईमत थिएन । तर, निर्माता सुनील कुमार थापाले नेपाली नयाँ वर्ष विदेशी फिल्मलाई टीका लगाएर नलिने भन्दै बैशाख १ गते नै फिल्म रिलिज गरे । आफ्नो करोडौंको लगानीमाथि उनले मोलेको जोखिम एक हदसम्म सफल देखिएको छ । दोस्रो हप्तामा पनि फिल्मको कमाई राम्रो हुनेमा निर्माता थापा विश्वस्त छन् । 
 
ea mero hajur 4
 
लभस्टोरी जनरामा बनेको यस फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतको अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मको कथा झरना थापा र स्वं. छेतन गुरुङले मिलेर लेखेका हुन् ।