
यही शुक्रबार (२३ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को ‘भाग्यले हो कि’ बोलको गीत सार्वजनिक गरिएको छ । वियोगान्त भावको गीतमा रचना रिमालको स्वर रहेको छ भने शब्द सुरेन्द्र रानाको हो । कर्णराज गिरीले गीतमा संगीत दिएका छन् । गीतले आफ्नो जिन्दगीदेखि निराश महिलाको वेदनालाई प्रस्तुत गरेको छ ।

अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जुबा’को छायांकन सकिएको छ । गत वैशाख १६ गतेबाट सर्लाहीमा सुरु भएको फिल्मको छायांकन तीन चरणमा गरी ९० दिनमा पूरा भएको हो । सर्लाहीसहित काभ्रेको दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा फिल्मको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

विशाल चतुर्वेदीको निर्देशन तथा शोभिनव सत्याको अभिनय रहेको फिल्म ‘हनुमान अंश’ले भारतीय बक्स अफिसमा गरेको प्रदर्शन कुनै चमत्कारभन्दा कम छैन । भारु १ करोड ८० लाख रुपैयाँको मामुली बजेटमा बनेको फिल्मले पहिलो दिन जम्मा १० लाख रुपैयाँ कमाएको थियो । दुई सातासम्म व्यापारिक गति सुस्त रहँदा फिल्मलाई फ्लप भन्न थालिएको थियो ।

काठमाडौं । असोज ३० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘आ बाट आमा २’का हरेक प्रचार सामग्रीलाई दर्शकले रुचाएका छन् । फिल्मका टिजर र गीतले युट्युबमा पाएको भ्यूजले पनि यसको पुष्टि गर्छ । टिजरले युट्युबमा रेकर्ड नै बनाइसकेको छ । दुई सातामा टिजरलाई ५२ लाखभन्दा बढीले हेरिसकेका छन् । नेपाली फिल्मको टिजरले पाएको यो अहिलेसम्मकै सर्वाधिक भ्यूज हो ।

इभा गिरी भन्नासाथ तपाईंलाई के याद आउँछ ? उनको नृत्य शैली कि ग्ल्यामरस लुक ? सम्भवतः धेरैको जवाफ दोस्रो हुन सक्छ । किनकि, उनी बोल्ड पहिरनकै कारण बढीमा चर्चामा रहन्छिन् । तर, अब उनले फिल्म ‘पाँच पाण्डव’मार्फत दर्शकलाई सरप्राइज दिँदैछिन् । यसमा उनी आफ्नो छविभन्दा बिल्कुलै फरक अवतारमा प्रस्तुत भएकी छन् ।

बौद्धिक अभिनेत्रीको रूपमा चिनिएकी सुरक्षा पन्तको करिअर यतिबेला सबैभन्दा सकसपूर्ण अवस्थामा छ । त्यसको मुख्य कारण फिल्मको असफल हो । गएको ६ वर्षमा उनका आधा दर्जनभन्दा बढी फिल्म डुबिसकेका छन् । त्यसमध्ये कति फिल्म हलमा लागेको र उत्रिएको समेत दर्शकले थाहा पाएनन् । अब उनको फ्लप सूचीमा ‘चमेलीको पोइ’ पनि थपिएको छ ।

