Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 31 - 36 of 24086
फिल्मीखबर, काठमाडौं, 2026-08-25, मंगलवार

अभिनेता माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक झन्डै ४ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु प्रस्ट पारेको छ । फिल्मको नामअनुसार नै पेन्सन पट्टामा केन्द्रित रहेको ट्रेलरमा हास्य र भावनात्मक पक्षको सन्तुलित मिश्रण देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2026-08-25, मंगलवार

अभिनेता पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘यानीमाया’को छायांकन पूरा नहुँदै आक्रामक रूपमा विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । छायांकन सुरु भएयता ६ देशमा फिल्म बिक्री भइसकेको छ । निर्माता चन्द्र ज्योति आलेका अनुसार हङकङ, जापान, कोरिया, मलेसिया, कतार र थाइल्याण्डमा फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2026-08-25, मंगलवार

अभिनेता निखिल उप्रेतीको निर्देशकीय कमब्याक फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक गरिएको छ । ज्योतिषले जुराएको साइतअनुसार मंगलबार दिउँसो ३ः०६ बजे सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक प्रस्तुत गरेको छ । निखिललाई केन्द्रमा राखिएको टिजरमा अन्यायविरुद्ध लड्ने आचार्य पात्रको कथा समेटिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-08-25, मंगलवार

हास्य विधामा निर्माण भएको फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन सकिएको छ । सोमबार कोशी प्रदेशको बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै ३५ दिनमा फिल्मको छायांकन पूरा भएको हो । केही दिनअघि सुनसरीको रामधुनी नगरपालिकाले फिल्ममार्फत स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुर्‍याएको भन्दै निर्माता−निर्देशकलाई सम्मान गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2026-08-25, मंगलवार

२०८१ सालमा प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा इतिहास रच्यो । ४६ करोडमाथिको व्यापार गर्दै ‘सर्वकालीन ब्लकबस्टर’ बनेको यो फिल्मको सिक्वेल समेत घोषणा भइसकेको छ । फिल्मको ‘सक्सेस पार्टी’मा ‘पूर्णबहादुरको सारङ्गी २’ घोषणा गरिएको थियो । तर, अब फिल्मको नाममा ‘पूर्णबहादुर’ नराखिने भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-08-24, सोमवार

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ । शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको युगल गायन रहेको गीतमा प्रशान्त स्वयंको संगीत तथा सुष्मा सिग्देलको शब्द छ । सिफनको साडी र सुनका गरगहनामा सजिन चाहने महिलाको चाहनालाई गीतमा प्रस्तुत गरिएको छ ।

Results : 31 - 36 of 24086