मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Breaking News Headlines
Results : 1 - 6 of 24
एजेन्सी, मुम्बई, २०७७ वैशाख १८, बिहिवार
बलीउड एक्टर ऋषि कपूरको निधन भएको छ । भारतिय मीडियाका अनुसार उनि मुंबईको गिरगाउँ स्थित सर एचएन रिलायन्स फाउंडेशन अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतालमा उनको ६७ बर्षको उमेरमा बिहिवार बिहान ५:२० बजे निधन भएको हो ।

 

बैकुण्ठ पराजुली, पोखरा, २०७२ चैत्र ८, सोमवार

निर्माण ईजाजत बिना नै छायाँकनमा गएको फिल्म 'जिस्म' युनिटलाई प्रहरीले सुटिङ स्पटबाटै नियन्त्रणमा लिएको छ । चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान विपरित काम गरेको भन्दै पोखराका सुटिङको क्रममा रहेको राजु गिरी निर्देशित फिल्म युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

बैकुण्ठ पराजुली, काठमाडौं, २०७२ पौष २०, सोमवार

फिल्म ’शकुन्तला’ निर्माण घोषणाको दिन अभिनेता राजेश हमालको उत्सुकतापुर्ण भनाई जोडेर फिल्मीखबरले लेखेको उनी महिलापात्रको रुपमा पहिलो पटक फिल्ममा देखिनसक्ने समाचार अन्ततः सहि बनेको छ । फिल्मीखबरलाई प्राप्त केहि एक्लुसिभ तस्विरमा अभिनेता हमाल महिला पात्रकै भुमिकामा देखिएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, २०७१ फाल्गुन २५, सोमवार

अभिनेत्री सुमिना घिमिरेले आज विवाह गर्दैछिन् । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा उनको बैबाहिक कार्य चलिरहेको छ । मिडियालाई खबर नगरी सुमिनाले विवाह गरेकी हुन् ।   

फिल्मीखबर, काठमाण्डौ, २०७१ माघ २, शुक्रवार

निर्देशक हेमराज बिसीले अहिलेका स्टार अभिनेता अनमोल केसीलाई 'होस्टल' फिल्मबाट रजतपटमा भित्र्याए । यो फिल्मको सफलतासँगै हेमराजले 'जेरी' फिल्म बनाएर अनमोललाई अर्को हिट फिल्म दिए । यिनै निर्देशकको अर्को फिल्मलाई अनमोलले नगर्ने मुड बनाएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, २०७१ कार्त्तिक २०, बिहिवार

चर्चित निर्देशक आलोक नेम्वाडको निधन भएको छ । उनको आज बेलुकी ८ बजे आफ्नै निवासमा झुण्डिएको अवस्थामा शव भेटिएको महाराजगञ्ज प्रहरीले जानकारी दिएको छ । 'सानो संसार'बाट निर्देशन यात्रा शुरू गरेका आलोकको पछिल्लो फिल्म 'अझै पनि' प्रदर्शनको क्रममा छ । 

Results : 1 - 6 of 24