मिति : २०८२ आषाढ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 343 - 348 of 22713
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २७, मंगलवार

राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘महाभोज’ गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १५ गते बिहीबारलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । सो मितिमा नेपालसहित विदेशमा फिल्म एकसाथ रिलिज हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २७, मंगलवार

प्रिमियरमा उपस्थित अधिकांशले नेपालमा बनेका बायोपिकमध्ये ‘अञ्जिला’ सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्दै खेल खेले बिग्रिन्छ भन्ने सामाजिक सोचलाई छिचोल्दै एन्जिलाले फुटबल टिमको कप्तानसम्मको यात्रा गर्नु एउटा ठूलो युद्ध जितेभन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा उतारिएको भन्दै निर्देशक मिलन चाम्स प्रशंसा गरे ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २७, मंगलवार

‘झोला’ निर्देशक यादवकुमार भट्टराईको नयाँ फिल्म ‘झिल्को’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक १ मिनेट १७ सेकेण्ड लम्बाइको टिजरमा मोबाइलको लतका कारण बालबालिकामा परेको असरलाई देखाइएको छ । अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावको कथा टिजरमा छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २७, मंगलवार

काठमाडौं महानगरपालिकाका मेयर तथा र्‍यापर बालेन्द्र शाह (बालेन)ले आफ्नो पार्श्व गायन समेत रहेको फिल्म ‘लाज शरणम्’ हेरेका छन् । उनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेरेपछि अभिनेता सिताराम कट्टेल (धुर्मुस)को अभिनयको खुलेर प्रशंसा गरे । सितारामलाई अंगालो मार्दै उनले फिल्म हेर्दा मज्जा आएको प्रतिक्रिया दिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २६, सोमवार

अभिनेता विराज भट्टले ‘जय परशुराम’ प्रदर्शनको ८ वर्षपछि घरबाहिरको फिल्ममा काम गर्ने भएका छन् । उनले नयाँ फिल्म ‘राम नाम सत्य’मा काम गर्ने पक्का भएको हो । उनी स्वयंले सोमबार फेसबुकमार्फत फिल्ममा आफू अनुबन्ध भएको जानकारी गराएका हुन् । यो फिल्मको निर्देशन माइकल चन्दले गर्नेछन् । उनी म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफरको रुपमा परिचित छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २६, सोमवार

यही फागुन २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको एक्सनप्रधान फिल्म ‘आउट ल : दफा २१९’ दुई साताअघि सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । एक्सन र मेकिङ शैली अब्बल देखिएको ट्रेलरले फिल्मप्रति दर्शकहरुमा अपेक्षा निकै बढाएको छ, जुन निर्माण टिमका लागि ठूलो चुनौती हो । ट्रेलरलाई युट्युबमा मिलेको प्रतिक्रिया हेर्ने हो भने धेरैले हलिउड र साउथ फिल्मसँग दाँजेका छन् ।

Results : 343 - 348 of 22713