
बलिउडमा कलाकारहरूले कहिलेकाहीँ यस्ता फिल्मको प्रस्ताव अस्वीकार गर्छन्, जसले पछि बक्स अफिसमा ठूलो सफलता हासिल गर्छन् । फलस्वरूप, उनीहरूलाई आफ्नै निर्णयप्रति पछुतो हुन्छ । अभिनेत्री नेहा धुपियाको हकमा पनि यस्तै भएको छ । उनले आफ्नो करिअरमा केही यस्ता फिल्म अस्वीकार गरिन्, जसको अहिले उनलाई निकै पछुतो हुने गरेको छ ।

काठमाडौं । आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेउ’ सार्वजनिक गरिएको छ । लोक शैलीको यस गीतमा सुरेन्द्र रानाको शब्द तथा एसडी योगीको संगीत निर्देशन छ भने एसडी योगी र गीताञ्जली थापा मगरले स्वर दिएका छन् । सुरेन्द्र र एसडीले यसअघि सहकार्य गरेको ‘रुकुम मैकोट’ गीत दर्शकमाझ निकै चर्चित छ ।

काठमाडौं । भोलि शनिबार (फूलपाती)बाट औपचारिक रूपमा दसैं सुरु हुँदैछ । यसपटक दसैंमा शनिबार र आइतबारसहित ९ दिन लामो विदा छ । सम्भवतः दसैंमा यो अहिलेसम्मकै लामो बिदा हो । यही लामो बिदाका कारण यसपालि दसैंमा फिल्म रिलिजको चाप पनि उच्च छ । शुक्रबार (आज)बाट दसैं नसकिँदासम्म चारवटा फिल्म हलमा प्रदर्शन हुँदैछन् ।

काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । नवरात्रिको अवसर पारेर बिहीबार सार्वजनिक साढे २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । फिल्मले महाभारतका पाँच पाण्डवलाई बिम्ब बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको ट्रेलरले संकेत गर्छ ।

पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा निर्माता आफैँले फिल्मको टिकट किन्ने प्रवृत्ति मौलाएको छ । शो राताम्मे देखाएर दर्शकलाई हलमा तान्न निर्माताले टिकटमै लाखौँ रुपैयाँ खन्याउने गरेका छन् । अवस्था कस्तोसम्म छ भने काठमाडौंको अनामनगर, पुतलीसडक, नयाँ बसपार्क, बागबजारलगायतका क्षेत्रमा नेपाली फिल्मका टिकट पसल−पसलमा निःशुल्क भेटिने गरेका छन् ।

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले आफ्नो जीवनमा आधारित फिल्म कहिल्यै नबन्ने बताएका छन् । उनले आफ्ना व्यक्तिगत अनुभवलाई निजी नै राख्न चाहेको स्पष्ट पारेका छन् । निर्देशक करण जोहरले सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘कफी विथ करण’को नवौँ सिजनमा अतिथिको रूपमा पुगेका उनले एक प्रसंगमा आफ्नो बायोपिक नबन्ने जिकिर गरेका हुन् ।

