
च्यालेन्ज फिल्मको एनिमेसनको काम समयमा नसकेको भन्दै हिरो रेश मरहठ्ठा लगायतका निर्देशक समाज र निर्माता संघको उजुरीको आधारमा प्रहरीको पक्राउमा परेका सिमोस सुनुवारलाई तारिखमा छाडिएको छ ।

गितकारसंघका महासचिव विपिन किरणले संगीतकार बसन्त सापकोटाले गीतकार राजेन्द्र थापासंगको पारिश्रमिक विवादमा आफूलाई मुछेको बिषयमा आपत्ती जनाएका छन् ।

मुटुमा अचानक समस्या आएपछि गंगालाल हस्पिटल भर्ना भएका सुमन सिंह डिस्चार्ज भएका छन् । गत मंगलबार ईन्डियाबाट काठमाण्डू फर्किने क्रममा प्लेन भित्रै श्वास प्रश्वासमा समस्या आएपछि उनी एयरपोर्टबाट सिधै हस्पिटल भर्ना हुन पुगेका थिए ।

स्टोनको अप्रेशन पश्चात संचिता लुईटेललाई आईसियुमा भर्ना गर्नु परेको छ । बिहान गरिएको अप्रेशन पश्चात उनी करिब ३ घण्टा आईसियुमा भर्ना भएकी थिईन् ।

बलिउडका तीन स्टार सलमान, शाहरुख र ऋतिक रोशनको फिल्म आउने समयको जस्तो दर्शकको बाढी छड्केमा देखिएको छ । दुई वटा हिट फिल्म दिएका माधव वाग्ले र नरेन्द्र महर्जनको नयाँ फिल्म छड्के हेर्न दर्शकले अत्याधिक उत्साह देखाएपछि क्यूफएक्सले आफ्ना तीन वटा हलमा छड्केलाई पहिलो दिन नै अठार शो दिन बाध्य भएको हो ।

बिहिबार आफ्नो बिषयमा प्रकाशित भएको समाचार प्रति सायद फिल्मका निर्माता सुनिल रावल ध्यानाकर्षण गराएका छन् । फिल्मीखबरमा प्रकाशित समाचारको बिषयमा आफ्नो धारणा राख्दै निर्माता रावलले आफू माथी लागेको आरोपको खण्डन गरे ।
