Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 25 - 30 of 24233
फिल्मीखबर, काठमाडौं, 2026-10-11, आईतवार

काठमाडौं । सवीर श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘३६ को आँकडा’को पहिलो गीत ‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक यस गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ भने सत्यराज आचार्य र अञ्जु पन्तले स्वर दिएका छन् । प्रेममा परेपछि मनमा उब्जिने भावनालाई गीतमा व्यक्त गरिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-10-11, आईतवार

काठमाडौं । आगामी कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ सार्वजनिक गरिएको छ । आइतबार घटस्थापनाको अवसरमा सार्वजनिक यस गीतमा युग भुसालको शब्द तथा संगीत छ भने तृषा चटर्जी र हिमांशु जान शर्माले स्वर दिएका छन् । तृषा र हिमांशु भारतीय हुन् । 

फिल्मीखबर, काठमाडौं, 2026-10-10, शनिवार

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा २’ प्रदर्शन हुन अब ६ दिन मात्र बाँकी छ । यही असोज ३० गते (१६ अक्टोबर)बाट प्रदर्शनमा आउन लागेको फिल्मका टिजर र दुई गीतले दर्शकमाझ राम्रो चर्चा पाइरहँदा अब निर्माण पक्षले ‘ग्राउन्ड जिरो प्रचार’ सुरु गरेको छ । लुम्बिनी प्रदेशको बुटवलबाट यो अभियान अघि बढाइएको हो ।

फिल्मीखबर, काठमाडौं, 2026-10-09, शुक्रवार

नेपाली मेकअप आर्टिस्ट तथा सौन्दर्य व्यवसायी लेमी तामाङले विश्वकै प्रतिष्ठित फेसन प्लेटफर्म ‘पेरिस फेसन विक’मा सहभागिता जनाएकी छन् । अन्तर्राष्ट्रिय सौन्दर्य क्षेत्रमा १३ वर्षभन्दा लामो अनुभव बटुलिसकेकी उनी सेप्टेम्बर २८ देखि अक्टोबर ६ सम्म फ्रान्सको राजधानी पेरिसमा आयोजित फेसन विकमा मेकअप आर्टिस्टका रूपमा सहभागी भएकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2026-10-09, शुक्रवार

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जोम्बी फिल्म ‘टनेल २६’ शुक्रबार (आज)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा थियो । केही मल्टीप्लेक्समा फिल्मको टिकट बुकिङ समेत खुला भइसकेको थियो । तर, बिहीबार साँझ ललितपुरको लबिम हलमा आयोजित प्रिमियरपछि निर्माण पक्षले अचानक फिल्मको प्रदर्शन स्थगित गर्ने निर्णय गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2026-10-09, शुक्रवार
Results : 25 - 30 of 24233
Most Visited News (monthly)