
दीपा बहिनीको आँखामा जुन कन्फिडेन्ट देखें त्यतिले मात्र पनि मलाई अन्तरालसँग गाँसिन बाध्य बनायो । त्यसैमाथी उहाँले हुबहु फिल्मको झलक यसरी प्रस्तुत गर्नुभयो कि मैले यो फिल्म गर्नै पर्छ भन्ने लाग्यो । र, आज म यहि फिल्म हेर्न र प्रतिक्रिया लिन एकदमै आतुर छु ।

फिल्मका कुनैपनि दृश्य भल्गर छैनन् न संवाद भल्गर छन् । एउटा परिधीमा बसेर हामीले फिल्म बनाएका छौं त्यसैले पनि म मेरो परिवारका साथ निर्धक्क भएर फिल्म हेर्न सक्छु । सेक्समा संकुचित परिवार छ भने एकसाथ बसेर नहेर्दा नै बेश हुन्छ ।

रेखाको हरेक फिल्म फरक र नयाँ टेस्टको हुन्छ । त्यसैमाथी मेरो व्यानरमा बनेको हरेक फिल्म दर्शकको रोजाईकै हुन्छ । यसपटक पनि दर्शकको रोजाईलाई ध्यानमा राखेर बिगतका फिल्ममा भन्दा यसमा केहि नयाँ कुरा दिने कोसिस गरेका छौं । अर्को कुरा हिजो गरिएका गल्तीहरूलाई सुधारेर अझ राम्रो फिल्म तयार गरिएको छ ।

म फिल्म मेकिङ र फिल्म उधोगका लागि राम्रो मान्छे हो तर परिवारका लागि म राम्रो मान्छे हैन । किनकी मैले बुवाआमालाई समय दिन सकिन । सानै उमेर देखि नै यो क्षेत्रमा लागें । बिभिन्न कारणले श्रीमतीहरूसँगको सम्बन्ध राम्रो हुन सकेन । त्यसैले म पारिवारिक रूपमा असफल व्यक्ति हो ।

मैले यो क्षेत्रमा आउन धेरैको पाउ मोलें । मेरो कुच्चेको अनुहारलाई कसैले पत्याउथेन । कोरशको पनि पछाडी लगेर राख्दिन्थे तर म हरेश खाईन । जस्ले मलाई पत्याउनु हुन्थेन आज उहाँहरूकै प्रेरणाले त्यहि कोरश नाच्ने ठाउँको अगाडी लिड गरिरहेको छु । यो मेरो आफ्नो परिश्रमले मात्र हैन दर्शकको मायाले पनि हो ।
