मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लक्का जवान’ नचलेपछि अमेरिका उडे निर्माता

फिल्मीखबर, काठमाडौं, 2022/05/15
कोरोना महामारीयता नेपाली बक्सअफिसमा विदेशी फिल्मले एकछत्र रजाई गरिरहेको छ । दोस्रो चरणको बन्दाबन्दीपछि बलिउड फिल्म ‘सूयंवंशी’ले नेपालमा आक्रामक कमाई गर्‍यो । यसपछि तीन ठूला साउथ फिल्म ‘पुष्पा’, ‘आरआरआर’ र ‘केजीएफ २’ले करोडौं छापे । अघिल्लो हप्ता प्रदर्शनमा आएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज २’ले पनि हलमा दर्शकको राम्रो पाउन पाएको छ । 
 
गत फागुनबाट नियमित हल खुलेपछि नेपाली फिल्म पनि लगातार प्रदर्शन भइरहेका छन् । तर, यो तीन महिनाको अवधिमा दुई फिल्म ‘म यस्तो गीत गाउँछु २’ र ‘ए मेरो हजुर ४’ले मात्र नाफाको व्यापार गरे । अरु फिल्म हलमा लागेको र उत्रिएको पत्तै भए । अघिल्लो साता प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘षट्कोण’ र ‘लक्का जवान’ पनि बक्सअफिसमा नराम्रोसँग पछारिएका छन् ।
 
Shivahari Paudyal
 
‘षट्कोण’ त हलमा लागेको तीन दिनमै उत्रिएको थियो । नाम चलेका कलाकारहरुको ठूलो जत्था रहेको ‘लक्का जवान’ भने दोस्रो हप्तामा पनि जेनतेन टिकिरहेको छ तर दर्शकको उपस्थिति पट्यारलाग्दो छ । वितरक र निर्माताले निर्वाचनका कारण व्यापारमा असर गरेको बहाना बनाए पनि फिल्मले सुन्नलायक प्रतिक्रिया नपाएकाले दर्शकले हलसम्म पुग्ने जाँगर नचलाएको स्पस्ट देखिन्छ ।
 
फिल्मले मुनाफा दिने झिनो संकेत पनि नदेखेपछि निर्माता द्वय ध्रुव वन्त र अन्सुया श्रेष्ठ अमेरिका फर्किएका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनीहरु फिल्मको प्रदर्शनका लागि नेपाल आएका थिए । तर, पहिलो गाँसमै ढुंगा लागेपछि उनीहरु शनिवार अमेरिका फर्किएका हुन् । फिल्ममा बग्रेल्ती निर्माता भएता पनि सबैभन्दा धेरै लगानी ध्रुव र अन्सुयाको रहेको बताइन्छ । 
 
निराश भएर अमेरिका फर्किएका निर्मातालाई विमानस्थलमा विदाई गर्न फिल्मका निर्देशक शिवहरी पौडेलदेखि अभिनेता सविन श्रेष्ठसम्म पुगेका थिए । ‘लक्का जवान’लाई समीक्षकले टेलिसिरियल भनेका छन् । गम्भीर विषयवस्तुलाई फिल्ममा फितलो रुपमा प्रस्तुत गरिएको समीक्षकहरुको टिप्पणी छ । फिल्मले घुँँडा टेकेपछि निर्देशक पौडेललाई पहिलो प्रयासमै ठूलो झट्का लागेको छ ।