Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 43 - 48 of 24233
फिल्मीखबर, काठमाडौं, 2026-10-06, मंगलवार

बौद्धिक अभिनेत्रीको रूपमा चिनिएकी सुरक्षा पन्तको करिअर यतिबेला सबैभन्दा सकसपूर्ण अवस्थामा छ । त्यसको मुख्य कारण फिल्मको असफल हो । गएको ६ वर्षमा उनका आधा दर्जनभन्दा बढी फिल्म डुबिसकेका छन् । त्यसमध्ये कति फिल्म हलमा लागेको र उत्रिएको समेत दर्शकले थाहा पाएनन् । अब उनको फ्लप सूचीमा ‘चमेलीको पोइ’ पनि थपिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-10-06, मंगलवार

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६’ यही शुक्रबार (२३ असोज)बाट प्रदर्शनमा आउँदैछ । जोम्बी कथामा आधारित फिल्मको सम्पूर्ण छायांकन भुटानमा भएको हो । फिल्ममा बहुसंख्यक कलाकार पनि भुटानी नै छ । नेपालबाट भने अनुप विक्रम शाही र आना शर्माले मुख्य भूमिकामा अभिनय गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-10-05, सोमवार

दसैंको अवसर पारेर कात्तिक ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा उनी स्वयंले स्वर दिएका छन् । गीतको मिक्सिङ, मास्टरिङ तथा संगीत संयोजन रिकेश गुरुङ किजले गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2026-10-05, सोमवार

धीरज राजवंशीको निर्देशनमा बनेको नेपाली फिल्म ‘हिमालयन गोल्ड’ भारतमा प्रदर्शन हुने भएको छ । आगामी मंसिर ४ गते अर्थात् २० नोभेम्बरमा भारतका हलमा फिल्म रिलिज हुन लागेको हो । फिल्मको भारत रिलिजका लागि अनिल थडानीको कम्पनी ‘एए फिल्म्स’सँग सम्झौता गरिएको छ । यो भारतको सबैभन्दा ठूलो वितरक कम्पनी हो । 

फिल्मीखबर, काठमाडौं, 2026-10-05, सोमवार

‘परालको आगो’का निर्देशक लक्ष्मण सुनारको नयाँ फिल्म ‘सिन्दूर’को चार दिनदेखि पश्चिम नेपालको दाङमा छायांकन भइरहेको छ । गत शुक्रबार फिल्मको मुहूर्त गर्दा मुख्य कलाकारमा पुष्प खड्का र प्रशंसा रायमाझीको नाम मात्र सार्वजनिक गरिएको थियो । अब थप दुई कलाकारबारे जानकारी गराइएको छ । फिल्ममा निरुता सिंह र विपिन कार्की आबद्ध भएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-10-05, सोमवार

विश्वमै सबैभन्दा सुरक्षित फिल्म सिक्वेललाई मानिन्छ । किनकि, यस्ता फिल्म सफल हुने सम्भावना बढी हुन्छ । नेपालकै हकमा कुरा गर्ने हो भने सिक्वेल फिल्महरू प्रायः व्यावसायिक रूपमा सफल छन् । तर, सबै सिक्वेल फिल्म चल्छन् भन्ने ग्यारेन्टी भने छैन । यसको सबैभन्दा ज्वलन्त उदाहरण ‘नाइँ नभन्नू ल ६’ हो । यो नेपालको सबैभन्दा ठूलो ‘डिजास्टर’ सिक्वेलमध्ये पर्छ । 

Results : 43 - 48 of 24233