मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एभरेस्ट बेस क्याम्पबाट ‘मन्त्र’को प्रचार गर्दै दीया

फिल्मीखबर, काठमाडौं, 2022/04/24
deeya pun
 
फिल्मलाई दर्शकमाझ पुर्‍याउन कलाकारको भूमिका महत्त्वपूर्ण हुन्छ । सिनेमा हलसम्म दर्शकहरुलाई आकर्षित गर्न फिल्मको प्रचारमा कलाकारको उपस्थिति र उनीहरुको ‘कन्भिन्सिङ पावर’ कति सशक्त छ भन्ने कुराले ठूलो अर्थ राख्छ । कलाकारको साथ विना फिल्मको प्रचार खासै प्रभावकारी हुन सक्दैन । तर, एकाध फिल्मले मात्र प्रचारमा कलाकारहरुको साथ पाउने गरेका छन् ।
 
प्रायः फिल्मका निर्माता/निर्देशकले फिल्मको प्रचारमा कलाकारको साथ नपाएको गुनासो गरिरहँदा बैशाख १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन्त्र’की अभिनेत्री दीया पुनले भने सगरमाथा आरोहणको तयारी गरिरहँदा समेत प्रचारमा सघाउन छाडेकी छैनन् । गत चैतमा उनलाई काठमाडौंबाट निर्माण टिमले विदाई गर्दा नेपालको झन्डा र फिल्मको ब्यानर हस्तान्तरण गरेको थियो ।
 
शनिवार दीयाले सगरमाथाको काखमा अवस्थित एभरेस्ट बेस क्याम्पमा राष्ट्रिय झन्डासँग जोडेर तयार पारिएको फिल्मको ब्यानर फहराएकी छन् । उनी सगरमाथाको चुचुरोमा पनि राष्ट्रिय झन्डा र फिल्मको ब्यानर फहराउँदैछिन् । सगरमाथा आरोहणका लागि काठमाडौंबाट विदाई हुँदा उनले डिजिटलदेखि विभिन्न माध्यमबाट फिल्मको प्रचार-प्रचारमा आफू जोडिने वाचा गरेकी थिइन् ।
 
deeya pun
 
खिल बहादुर गुरुङले निर्देशन गरेको यस फिल्ममा दीयाका अलावा सौगात मल्ल, बुद्धि तामाङ, नमिता तामाङ, पासाङ टी शेर्पा, वीरबहादुर लामा लगायतको पनि अभिनय छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । यो फिल्ममा सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन र मित्र डि. गुरुङको सम्पादन छ ।