मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ४’ ट्रेलर : काजीको बिहे हुने झाँक्रीको ठोकुवा

फिल्मीखबर, काठमाडौं, 2022/04/27
DAYA HANG RAI
 
यस वर्षको प्रतिक्षीत फिल्म ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ । चार मिनेट २८ सेकेन्ड लम्बाईको ट्रेलर कमेडीले भरपुर छ । अघिल्ला तीन सिरिजमा मैयाँको प्रेम पाउन नसकेर विरक्तिएका काजी (दयाहाङ राई) सँग शहरबाट गाउँको एक स्कूलमा पढाउन आएकी मिस शान्ति (मिरुना मगर) नजिक बनेपछि आउने उतार-चढावलाई ट्रेलरमा रोचक तरिकाले देखाइएको छ । 
 
मिरुना शिक्षिका बनेर आएपछि डिग्रीधारी बमकाजी (सौगात मल्ल) पनि घोडा चढेर गाउँ छिर्छन् । जुन स्कूलमा मिरुना शिक्षिका हुन्छिन् त्यही स्कूलमा शिक्षकको रुपमा सौगातको पनि प्रवेश हुन्छ । दयाहाङ भने सोही स्कूलको हेडमास्टर छन् । मिरुनासँग नजिक बन्न सौगातले गरेको संघर्ष, दयाहाङसँग नोकझोंक, झाँक्री (उपेन्द्र सुब्बा) को आगमनले ट्रेलरलाई दमदार बनाएको छ । 
 
‘कबड्डी ४’लाई ‘कबड्डी’ सिरिजको अन्तिम श्रृंखला भनिएको छ । यसैले यसपटक काजी (दयाहाङ राई) को जोडी बाँधिने ट्रेलरमा झाँक्रीले बोल्ने संवादले प्रस्ट्याउँछ । झाँक्रीले काजीको जोखाना हेर्दै भनेका छन्, ‘जसरी हेर्दा पनि यो साल त तिम्रो बिहे मात्र देखाउँछ त हो काजी । यो पटक त बेहुला भागेर हिँडे पनि बिहे हुन्छ ।’ यो फिल्म जेठ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
 
रामबाबु गुरुङले निर्देशनमा तयार भएको फिल्ममा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको पनि अभिनय छ । फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । निमेश श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शैलेन्द्र डि. कार्कीले छायांकन गरेका हुन् ।