
अभिनेता आर्यन सिग्देल हप्ता दिन अघि मात्र अप्रेशन गरेको खुट्टालाई बैशाखीको साहारा दिंदै त्रिभुवन आर्मी अफिसर्स क्लबको हलमा पुगे । फिल्म 'महशुस'बाट उत्कृष्ट अभिनेताको अवार्ड जित्दै गर्दा आर्यन ज्यादा खुशी देखिए ।

पुष १८ गतेबाट देशभर प्रदर्शन हुने फिल्म 'जिन्दगी रक्स'को स्याड भर्सन गीत रिलिज गरिएको छ । 'थाहा छैन मलाई' बोलको गीतमा संजीत श्रेष्ठको शब्द, स्वर तथा संगीत रहेको छ ।

गत असोजमा घोषणा गरिएको फिल्म 'हाउ फन्नी'ले आउँदो शनिवार अर्थात् मङ्सिर २० बाट छायांकन आरम्भ गर्ने भएको छ । बनस्थलीको एक अनाथ आश्रमबाट मुहुर्तसंगै छायांकन गरिने निर्देशक निलु डोमा शेर्पाले बताईन् ।


१२ बर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएका निर्देशक शम्भु प्रधानको 'रंग बैजनी'मा अभिनय गरेका अभिनेत्रीद्धय गरिमा पन्त र सुमिना घिमिरेको खासै बोलचाल छैन । आज आयोजना भएको फिल्मको पत्रकार सम्मेलनमा गरिमा र सुमिनाको सम्बन्धले ज्यादा चर्चा पायो ।

तपाईंले अभिनेत्री गरिमा पन्तको पहिरनलाई ध्यान दिनु भएको छ भने एउटा कुरा याद गर्नु भएकै होला । गरिमा धेरैजसो कार्यक्रममा सेतो पहिरनमा देखिन्छिन् ।

