
काठमाडौं । तमिल सुपरस्टार रजनीकान्तको मुख्य भूमिका रहेको फिल्म ‘जेलर २’ले व्यापारिक रूपमा नयाँ कीर्तिमान कायम गरेको छ । निर्माण कम्पनी सन पिक्चर्सका अनुसार पहिलो सात दिनमा फिल्मले विश्वव्यापी ५४९ करोड भारुभन्दा बढी कमाइ गरेको छ । यो तमिल फिल्म इतिहासकै पहिलो साताको सर्वाधिक कमाइ रहेको कम्पनीको दाबी छ ।

काठमाडौं । आज दसैंको मुख्य दिन अर्थात् विजया दशमी । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं जमरा लगाउँदै दसैं मनाइँदैछ । बिहान १०ः२६ बजेको उत्तम साइतमा कलाकारहरूले पनि मान्यजनको हातबाट टीका ग्रहण गरेका छन् । उनीहरूले टीका र जमरा लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा सेअर गरिरहेका छन् ।

काठमाडौं । चर्चित फ्रेन्चाइज फिल्म ‘कबड्डी’को चौथो श्रृंखलालाई ‘द फाइनल म्याच’ भनिएपछि धेरैलाई लागेको थियो, काजीको कथा अब यहीँ टुंगियो । तर, न कथा सकिएको थियो न त्यो अन्तिम श्रृंखला थियो । चार वर्षपछि काजीको बाँकी कथा भन्न ‘कबड्डी ५’ निर्माण भएको छ, जुन यही शुक्रबार अर्थात् कात्तिक ६ गते प्रदर्शन हुँदैछ ।

काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुरानाको मुख्य भूमिका रहेको फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ । असोज ३० गते केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)का पदाधिकारीहरूले फिल्म हेरेपछि प्रदर्शन अनुमति नदिने निर्णय गरेका हुन् । यो फिल्म भारतमा २३ अक्टोबरमा रिलिज हुँदैछ ।

काठमाडौं । नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ एपले दशैं–तिहारलाई लक्षित गर्दै आठवटा नेपाली फिल्म एकसाथ रिलिज गरेको छ । ‘दशैं–तिहार मुभी मेला’ अन्तर्गत एपले ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ रिलिज गरेको हो ।

बलिउडमा कलाकारहरूले कहिलेकाहीँ यस्ता फिल्मको प्रस्ताव अस्वीकार गर्छन्, जसले पछि बक्स अफिसमा ठूलो सफलता हासिल गर्छन् । फलस्वरूप, उनीहरूलाई आफ्नै निर्णयप्रति पछुतो हुन्छ । अभिनेत्री नेहा धुपियाको हकमा पनि यस्तै भएको छ । उनले आफ्नो करिअरमा केही यस्ता फिल्म अस्वीकार गरिन्, जसको अहिले उनलाई निकै पछुतो हुने गरेको छ ।

