Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1 - 6 of 24090
फिल्मीखबर, काठमाडौं, 2026-09-06, आईतवार

आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को रोमान्टिक गीत ‘तिमीसँग नबोली’ सार्वजनिक गरिएको छ । ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । प्रेममा रहेका युवायुवतीबीचको भावनालाई गीतमा समेटिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-09-06, आईतवार

तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक झन्डै चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको ट्रेलरमा हाँसो, रोदन र एक्सनको मिश्रण पनि छ । 

फिल्मीखबर, काठमाडौं, 2026-09-06, आईतवार

अभिनेत्री निरुता सिंह म्यूजिक भिडियोमा विरलै देखिन्छिन् । उनी पछिल्लो पटक एक वर्षअघि सार्वजनिक ‘यो जुनी यस्तै भो’ गीतमा देखिएकी थिइन् । त्यसयता धेरै म्यूजिक भिडियोबाट अभिनयको प्रस्ताव आए पनि उनले काम गरेकी थिइनन् । तर, यसपटक गायिका निशा सुनारको नयाँ तीज गीत ‘लाली लपक्कै साडी सपक्कै’मा उनले कम्मर मर्काएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2026-09-06, आईतवार

सन् २०२२ की मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का पहिलो फिल्म ‘१२ गाउँ’बाटै सफल अभिनेत्रीको रूपमा स्थापित भइन् । फिल्मले ठूलो व्यावसायिक सफलता हासिल गर्दा त्यसको प्रभाव उनको करिअरमा पनि पर्‍यो । फलतः ‘१२ गाउँ’मा सहायक अभिनेत्री रहेकी उनी त्यसपछि मुख्य भूमिकामा देखिन थालेकी छन् । त्यसमध्येको एक फिल्म हो, ‘अक्षरा’ ।

फिल्मीखबर, काठमाडौं, 2026-09-05, शनिवार

डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले व्यावसायिक सफलतासँगै प्रदर्शनमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार ५१ दिन मनाउन सफल भएको हो । फिल्म अझै ४३ हलमा ५९ शोसहित प्रदर्शनरत छ । यस वर्ष ५१ दिन मनाउने ‘लालीबजार’पछि यो दोस्रो फिल्म हो । 

फिल्मीखबर, काठमाडौं, 2026-09-04, शुक्रवार

तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक गरिएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सार्वजनिक ३ मिनेट २५ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको ट्रेलरमा घरेलु हिंसा भोगिरहेकी एक महिलाको कथा समेटिएको छ । 

Results : 1 - 6 of 24090