Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16879 - 16884 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-30, आईतवार

चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्त भएका फिल्मकर्मी सुरेश दर्पण पोखरेलले तीन महिना भित्र काम गर्न नसके रजिनामा दिने बताएका छन् । बोर्डको सभा कक्षमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै दर्पणले भने, 'तीन महिनामा केही नयाँँ काम गरेर देखाउने छु । यदि सकिन भने रजिनामा दिन्छु ।'

राजकुमार लामिछाने, चितवन, 2014-11-30, आईतवार

आगामी पौष १८ गते देखि प्रदर्शनको तयारीमा रहेको फिल्म 'जिन्दगी रक्स'को प्रचारका लागी मुख्य पात्र अकेशा बिष्ट र सौरमराज तुलाधर चितवन आएका छन् । नारायणगढको सिम्याक्स हलमा फिल्मको पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-29, शनिवार

बलिउड अभिनेत्री प्रियंका चोपडाको नाममा रहेको घरमा नै यौन धन्दा चलेको खबर सार्वजनिक भएपछि बलिउडमा सनसनी मच्चिएको थियो । यस बिषयमा प्रहरीले प्रियंकालाई क्लिन चिट दिइसकेको छ । प्रियंकाले भने आफ्नो तर्फबाट यस मुद्दालाई हल गर्ने प्रयास गरिरहेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-29, शनिवार

गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउन नेपालका आठ बर्षे बालकले फिल्म निर्देशन गरेका छन् । पत्याउनै नसक्ने बिलक्षण प्रतिभा भएका सौगात बिष्टले 'लभ यू बाबा' नामक फिल्म निर्देशन गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-29, शनिवार

अभिनेत्री नम्रता श्रेष्ठको सन्तान चाहना अधुरै भएको छ । लोग्नले मनको चाहना नबुझ्दा नम्रताको सन्तान चाहना अपुरै भएको हो । उनी आफू बाँझो भएकोमा चिन्तित छिन् । 

राजकुमार लामिछाने, चितवन, 2014-11-29, शनिवार

देशभर सफलतापूर्वक चलिरहेको फिल्म 'जेरी'का अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्मा चितवनमा घेरिएका छन् । फिल्मको प्रचारका लागि चितवन पुगेको यो जोडी नारायणगढको ईन्द्रदेव हलमा दर्शकमाझ घेरिएका हुन् ।

Results : 16879 - 16884 of 24017