आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'लोग्नेमान्छे'को आइटम गीत रिलिज गरिएको छ । चेतन सापकोटाको संगीत तथा लय सङ्ग्रौलाको शब्द रहेको प्रस्तुत गीतमा इन्दिरा जोशीको स्वर छ ।
लय संग्रौलाले निर्देशन गरेको पारिवारिक फिल्म 'लोग्नेमान्छे'मा दिलिप रायमाझी र नन्दिता केसीको मुख्य भूमिका छ । फिल्मलाई प्रदीप मित्तलले निर्माण गरेका हुन् ।

