Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हँसिया`पछि मिलनको `ह्याप्पी डेज` | यूरोपमा सुटिङ

फिल्मीखबर, काठमाण्डौ, 2015/02/03
एक्सन फिल्म 'हँसिया' बनाएर चर्चा पाएका निर्देशक मिलन चाम्सले पुन: अर्को फिल्म निर्माण तथा निर्देशन गर्दैछन् । पहिलो फिल्म निर्देशनबाट सन्तुष्टी पाएपछि मिलनले दोस्रो फिल्म निर्माणमा जोश देखाएका हुन् ।
 
 
महंगो बजेटमा 'हँसिया' बनाएका मिलनले 'ह्याप्पी डेज' नाम राखेर महंगो बजेटमा फिल्म बनाउंदैछन् । इङग्ल्याण्ड, स्कटल्याण्ड र बेल्जियममा छायाँकन गर्ने भनिएको यो फिल्मको बजेट एक करोड ७० लाख तय गरिएको छ । नेपाल र बिदेशी बजारबाट लगानी उठाउने उनको योजना छ । 
 
कलाकारको नाम केहि दिनमा सार्वजनिक गर्ने भनिएको यो फिल्मको कथा करियोग्राफर रेनशा वान्तवा राईले लेखेकी हुन् भने पटकथा तथा संवाद गणेशदेव पाण्डेको रहनेछ । चाम्स इन्टरटेन्मेण्टको व्यानरमा निर्माण हुने यो फिल्ममा यसअघि 'सपनाको नौलो संसार' बनाएका राजेन्द्र भट्टले लगानी गर्दैछन् । 
 
 
मल्टिस्टारको अभिनय रहने बताउँदै निर्देशक चाम्सले फिल्म पूर्ण रूपमा मसलेदार हुने जानकारी दिए । उनका अनुसार फिल्म प्रेम, द्धन्द र हाँस्य प्रधान हुनेछ । फिल्मको बारेमा थाप जानकारी एकसाता पछि नेपाल आएर दिईने उनले फिल्मीखबरलाई बताए । मिलन हाल युकेमा छन् ।    
 
Most Visited News (monthly)