Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

दीपा र प्रियंकाको थैली हरायो

फिल्मीखबर, काठमाण्डौ, 2015/02/03
अभिनेत्रीद्धय दीपाश्री निरौला र प्रियंका कार्की सोमबार आफ्नो हराएको सुर्के थैली खोज्दै गर्दा भेटिए । काठमाण्डौं मुलपानीको चौरमा दिपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, र दयाहाङ राईले दीपा र प्रियंकाको थैली खोज्न सहयोग गरे । 
 
 
 
छायाँकनको अन्तिम दिनमा फिल्म 'वडा नम्बर छ'को '‘पटुकीमा सुर्केको सुर्के थैली' बोलको गीतको छायाँकन गरियो । शंकर बिसीले कलाकारहरूलाई गाउँले परिवेश दिएर डान्सका स्टेप सिकाए । यसअघि 'छ एकान छ'मा कम्मर भाँचेका कमेडियनहरूले प्रस्तुत गीतमा नाच्न पाउँदा रमाईलो अनुभव भएको भन्दै खुसी व्यक्त गरे । 
 
 
 
उज्जवल घिमिरेले निर्देशन गरेको 'वडा नम्बर छ' गाउँंले परिवेशको रोमान्टिक कमेडी फिल्म हो । कथा अनुसार नै फिल्मको गीत तयार पारिएको निर्माण टिमले जानकारी दियो । फिल्मका निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा हुन् ।     
 
 
Most Visited News (monthly)