Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16885 - 16890 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-29, शनिवार

हाँस्य टेलिफिल्ममा चर्चा कमाई सकेका तीन जना कमेडियनहरुले नेपाली फिल्म 'नाइके' हेर्नका लागि सर्वसाधारणलाई आग्रह गरेका छन् । मंसिर १९ गतेदेखि अलनेपाल रिलिज हुन लागेको फिल्म 'नाइके' हेर्न आग्रह गर्दै उनीहरुले फिल्मलाई सफलताको शुभकामना समेत दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-28, शुक्रवार

अभिनेता आर्यन सिग्देलको एक्सन अवतार मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'नाइके'मा देखिनेछ । तर, 'नाइके' प्रदर्शनमा आउने दिन नजिकिदै गर्दा आर्यन भने घुँडाको अप्रेशन गरेर घरमा आराम गरिरहेका छन् । उनलाई अझै डेढ महिना आराम गर्नुपर्ने अवस्था छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-28, शुक्रवार

आफ्नो नयाँ फिल्म 'एक्सन ज्याक्सन'को प्रचारमा जोडतोडका साथ लागेका अभिनेता अजय देवगन सधैं नै चर्चामा रहन्छन् । अजय बलिउडमा सधैंं नै एकैनासले अगाडि बढेका अभिनेता हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-28, शुक्रवार

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म 'कोहिनूर' यहि डिसेम्बर ७ तारिखका दिन अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन गरिंदै छ । नेपाली टच र एञ्जल मुभिजले फिल्म रिलिजको आयोजना गर्न लागेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-28, शुक्रवार

सम्पादकको रूपमा परिचित सुरेन्द्र पौडेलको डेब्यू निर्देशन रहेको फिल्म 'आभाष'को टिजर रिलिज गरिएको छ । संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, निशा अधिकारीको मुख्य भूमिका रहेको यो लभस्टोरी फिल्मलाई गोबिन्द शाहीले निर्माण गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-28, शुक्रवार

पारिवारिक र दर्शकको मन छुने फिल्म बनाउन माहिर मानिएका निर्देशक शिव रेग्मी हामी माझ छैनन् । दर्शक आज पनि उनका फिल्ममा बग्छन् र आँशुका धारा बगाउँछन् । उनै रेग्मीको निधन भएको आज १ बर्ष भएको छ ।

Results : 16885 - 16890 of 24017