प्रदर्शन मिति तय नभएको फिल्म `जंगबहादुरको कोट`को `आधा बाटो...' बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा कालिप्रसाद बास्कोटाको शब्द तथा संगीत छ ।

'आधा बाटो...' बोलको गीतलाई अष्ट्रेलियाका विभिन्न स्थानमा खिचिएको छ । यो फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । फिल्ममा विमलेश अधिकारी, सुचित्रा आचार्य, अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौलाको अभिनय देख्न सकिन्छ । फिल्मको एक गीतमा अभिनेत्री नन्दिता केसीले आइटम नृत्य गरेकी छिन् ।
फिल्मको निर्माता जयन खड्का हुन् । नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको फिल्मलाई सस्पेन्स थ्रिलर कथामा तयार पारिएको निर्देशकको भनाई छ । फिल्ममा 'जंगबहादुरको कोट'को प्रसंग उठान भएपनि उनको कथालाई भने नदेखाइने निर्माणपक्षले जानकारी दिएको छ ।

