
अभिनेता हसन खानको निर्माणमा बनेको फिल्म 'अलबिदा'को सुटिङ सकिएको छ । सिराहा, जनकपुर र काठमाण्डौमा झन्डै ५० दिन लगाएर फिल्मको सुटिङ सकिएको निर्माता खानले जानकारी दिए ।

दशैं अघिसम्मको नेपाली फिल्म क्षेत्रको माहोल खासै गर्मिलो हुन सकेन । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि चलेको फिल्म 'कोहिनुर' बाहेक अन्य कुनै पनि फिल्म व्यवसायिक रुपमा सफल हुन सकेनन् ।

दैनिकजसो समाचारमा छाउने कलाकार र फिल्मको पर्दामा देखिने अनुहारमा खासै नयाँपन छैन । फिल्म बनाउनेहरुका लागि कलाकारको रोजाइमा समेत खासै धेरै विकल्प देखिदैन ।

अभिनेत्री वेनिशा हमालले यसपटकको दशैं आफ्नो गृहजिल्ला चितवनमा मनाउन नपाउने भएकी छिन् । 'कालो पोथी' नामक फिल्मको छायांकनका लागि उनी मुगुतिर हानिएकी छिन् ।

दुर्गिस फिल्मस्ले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । फिल्म ‘होस्टेल रिटन्स’को आज काठमाण्डौमा शुभसाइत गरिएको हो । सुनिल रावलको निर्माणमा बन्न लागेको यो फिल्मलाई सुरज भुषालले निर्देशन गर्दैछन् ।


