Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

शुरूवातमै झट्का

फिल्मीखबर, काठमाण्डौ, 2015/02/03
नेपाली फिल्म बजार सिमित छ । सिमित फिल्मी बजारमा उदाउन चाहने कलाकारहरु भने धेरै छन् । कलाकारहरु सिमित हुँदा बर्षमा एउटै अनुहार बारम्बार दर्शकले हेर्नु परिरहेको छ ।
 
यहाँ नयाँ कलाकारलाई चल्न सजिलो भने छैन । अभिनेत्रीद्धय अनिता आचार्य र सुरविना कार्कीका २–२ वटा फिल्म प्रदर्शनमा आए । दुबै फिल्म चिप्लदा यी दुई अभिनेत्रीलाई नमिठो झट्का लाग्यो ।
 
अभिनेत्री अनिता आचार्य यो क्षेत्रमा लाग्न चाहन्छिन् । उनको ‘सरी ल' र 'अलबिदा’ले सोचेजस्तो व्यापार गरेन । फिल्म हेर्न दर्शक कम जाँदा कलाकारलाई पनि चिन्ने मौका पाउँदैनन् । जसका कारण अनिताको सुरुवाती करिअर नै धरापमा परेको छ ।
 
सेक्सी फिगरका कारण चर्चामा रहेकी अभिनेत्री हुन् सुरविना कार्की । सुरविनाको चर्चा फिल्ममा भन्दा उनले खिचाउने तस्बिरका कारण धेरै छ । सुरविनालाई पनि २ फिल्म असफलतासँगै नराम्रो झट्का लागेको छ । उनले अभिनय गरेका ‘झेली' र 'नाईके’ असफल भएपछि उनको फिल्मी करिअरले पनि गती लिने छाँटकाट देखाएको छैन । 
Most Visited News (monthly)