Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जलाकी’को ‘पहिलो माया’ गीतमा उपासना र सोनमको प्रेमिल केमेस्ट्री

फिल्मीखबर, काठमाडौं, 2026/11/06

Upasana Singh Thakuri, Sonam Topden

 

काठमाडौं । आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक गरिएको छ । सरित रायनको संगीत संयोजन तथा कम्पोज रहेको गीतमा राम अविरल बिष्टको शब्द तथा रोहित सोनार र मेलिना राईको स्वर छ । गीतले एकअर्काको प्रेममा डुबेका जोडीको भावनालाई व्यक्त गरेको छ ।

गीतको भिडियोमा फिल्मका दुई मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम तोप्देन तथा अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूबीचको प्रेमलाई देखाइएको छ । एउटै कलेजमा पढ्ने उपासना र सोनमबीच प्रेम बसेपछि उनीहरूले सँगै प्रेमिल समय बिताएको भिडियोमा देख्न सकिन्छ । उनीहरूबीचको केमेस्ट्री आकर्षक देखिएको छ ।

अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विजय लामा, शिल्पा मास्के, राजु रेग्मी मगर, भावना मगर, माओत्से गरुङ, बुद्धि तामाङ, उषा खड्गीलगायतका कलाकारको अभिनय छ । फिल्मलाई ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, बेताने मगर, सुस्मिता बुढाथोकी र राधा थापाले निर्माण गरेका हुन् ।

फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायांकन, अशोक थापा मगरको सम्पादन, एसडी योगी र सरित रायनको संगीत, अमित श्रेष्ठको ध्वनि संयोजन तथा सुरेन्द्र राई, सुसन तामाङ, शेखर घर्ती मगरको कोरियोग्राफी रहेको छ ।  फिल्मले मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ ।