
अभिनेत्री पूजना स्त्रीको निर्माण तथा निर्मल शर्माको निर्देशन रहेको फिल्म 'चकलेट'को डबिङ शुरू गरिएको छ । राजधानीको बिजी बी स्टुडियोमा फिल्मको डबिङ गरिएको हो ।

अभिनेत्री रानी मुखर्जीलाई दोस्रो पटक 'मर्दानी'को रूपमा देख्न पाईने भएको छ । यसै बर्ष रिलिज भएको फिल्म ‘मर्दानी'को सिक्वेलमा रानीले शिर्ष भूमिका निर्वाह गर्नेछिन् ।

निर्देशक हेमराज बिसीले अहिलेका स्टार अभिनेता अनमोल केसीलाई 'होस्टल' फिल्मबाट रजतपटमा भित्र्याए । यो फिल्मको सफलतासँगै हेमराजले 'जेरी' फिल्म बनाएर अनमोललाई अर्को हिट फिल्म दिए । यिनै निर्देशकको अर्को फिल्मलाई अनमोलले नगर्ने मुड बनाएका छन् ।

बलिउडमा कुनै समय द्धन्द्धात्मक फिल्ममा सर्वाधिक सफल मानिएका अभिनेता सन्नी देवल अहिले गुमनाम जस्तै छन् । उनका केही फिल्म फाट्टफुट्ट प्रदर्शनमा आएपनि सफलता खासै देखिएको छैन ।

नयाँ निर्देशक मन्दिप राना 'कसैलाई नभन्नु' निर्देशन गर्न तम्सिएका छन् । आज यो फिल्मको भद्रकाली मन्दिरमा शुभमुहुर्त गरियो । फिल्मलाई शिवहरी रेग्मी र शंकर अधिकारीले निर्माण गर्न लागेका हुन् ।

लगातार दुई पटकसम्म हिट भएको फिल्म 'नाईं नभन्नु ल'को अर्को सिक्वेल 'नाईं नभन्नु ल ३'को गीत सार्वजनिक भएको छ । संगीतकै कारण चर्चामा रहने 'नाईं नभन्नु ल'को प्रस्तुत सिक्वेलको गीतले पनि बजार पिट्ने अनुमान गर्न सकिन्छ ।

