मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पाका लागि `हवल्दार सुन्तली` चुनौती र अवसर

फिल्मीखबर, काठमाण्डौ, 2015/03/26
अभिनेत्री शिल्पा पोख्रेल 'फागु' नामको फिल्मको छायांकन सकेर काठमाण्डौ फर्किएकी छिन् । काठमाण्डौ आएलगतै उनी निर्माता छविराज ओझाले बनाएको फिल्म 'हवल्दार सुन्तली'को प्रचारमा दौडिन थालेकी छिन् । 
 
 
 
यो फिल्ममा शिल्पा शिर्ष भूमिकामा छिन् । हवल्दार सुन्तली धामीको बलात्कारको बिषयमा बनेको यो फिल्ममा शिल्पाले आफूले सक्दो काम गरेको बताइन् । शिल्पाले यो फिल्म आफ्ना लागि विशेष भएको बताईन् ।
 
फिल्ममा आफू शिर्ष भूमिकामा भएकाले पनि अरुको भन्दा धेरै जिम्मा आफ्नो भएको उनको भनाई छ । फिल्म छायांकनको समयमा पनि निर्देशकले आफूलाई नै राम्रो गर्नुपर्छ है भनेकाले पनि बहुतै मिहिनेत गरेको शिल्पाले बताइन् ।
 
फिल्ममा द्धन्द्धात्मक दृश्य गर्दा गाह्रो भएपनि आफूले त्यो काम गरेको उनको भनाई छ । ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्ममा सविन श्रेष्ठ र किशोर खतिवडाको पनि अभिनय छ । शिल्पाले यो फिल्ममा काम गर्न पाउनु आफ्ना लागि चुनौती र अवसर भएको बताइन् ।