Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बच्चाका लागि हैरान आमिर

एजेन्सी, मुम्बई, 2015/03/26
बलिउड अभिनेता आमिर खान समय समयमा विभिन्न बिषयमा कुरा उठाई रहन्छन् । यसपटक उनले बच्चाहरुको बिषयमा एक आवाज उठाएका छन् ।
 
आमिर बच्चाहरुको भविष्यलाई लिएर हैरान छन् । यसको मुख्य कारण, बच्चाहरुले टेलिभिजनमा अनावश्यक बिषय हेरेर समय बर्बाद गर्नु हो । टेलिभिजनमा देखाइने अधिकांश बिषयवस्तु बच्चाहरुका लागि नभएको आमिरको भनाई छ । 
 
आमिरले बच्चाहरुले आफ्नो भन्दा पनि आमा र बुबाले हेर्ने बिषयवस्तु हेरेको र यो उनीहरुका लागि काम नलाग्ने बताएका छन् । उनले आजका बालबालिकाले त्यस्ता बिषयवस्तु टेलिभिजनमा हेर्छन् जुन उनीहरुका लागि नभएको बताएका हुन् । उनले बच्चाहरुलाई देश विकासका लागि योगदान दिन सक्ने बिषयवस्तु निर्माण हुनुपर्ने पनि बताए ।
 
अहिलेका बच्चाहरुले हेर्ने बिषयवस्तुले उनीहरुको भविष्य वर्वा हुने भन्दै आमिरले यो हैरानीको बिषय भएको बताए । आमिर खानले आफैले निर्देशन गरेको फिल्म 'तारे जमिन पर' बालबालिकामा आधारित थियो ।
Most Visited News (monthly)