बलिउड अभिनेता आमिर खान समय समयमा विभिन्न बिषयमा कुरा उठाई रहन्छन् । यसपटक उनले बच्चाहरुको बिषयमा एक आवाज उठाएका छन् ।
आमिर बच्चाहरुको भविष्यलाई लिएर हैरान छन् । यसको मुख्य कारण, बच्चाहरुले टेलिभिजनमा अनावश्यक बिषय हेरेर समय बर्बाद गर्नु हो । टेलिभिजनमा देखाइने अधिकांश बिषयवस्तु बच्चाहरुका लागि नभएको आमिरको भनाई छ ।
आमिरले बच्चाहरुले आफ्नो भन्दा पनि आमा र बुबाले हेर्ने बिषयवस्तु हेरेको र यो उनीहरुका लागि काम नलाग्ने बताएका छन् । उनले आजका बालबालिकाले त्यस्ता बिषयवस्तु टेलिभिजनमा हेर्छन् जुन उनीहरुका लागि नभएको बताएका हुन् । उनले बच्चाहरुलाई देश विकासका लागि योगदान दिन सक्ने बिषयवस्तु निर्माण हुनुपर्ने पनि बताए ।
अहिलेका बच्चाहरुले हेर्ने बिषयवस्तुले उनीहरुको भविष्य वर्वा हुने भन्दै आमिरले यो हैरानीको बिषय भएको बताए । आमिर खानले आफैले निर्देशन गरेको फिल्म 'तारे जमिन पर' बालबालिकामा आधारित थियो ।