
अभिनेत्री प्रियंका चोपडा र कमेडियन कपिल शर्मा विच सम्बन्धमा दरार उत्पन्न भएको खबर आएको छ । हालै मात्र एक अवार्ड समारोहमा कार्यक्रम संचालन गरेका प्रियंका र कपिलविच स्टेजमा नै समस्या देखिएको हो ।

अनुहारमा मेकअप गर्दा समस्या आएपछि अभिनेत्री नन्दिता केसी फिल्मको पर्दामा देखिइनन् । उनले अफर आएका फिल्म समेत आफूले छाडेको बताएकी थिइन् । उनै नन्दिता फिल्म 'लोग्ने मान्छे'बाट कमब्याक गर्ने तयारीमा छिन् ।

अभिनेता जीवन लुईंटेल अहिले अमेरिकामा छन् । आफूद्धारा अभिनित फिल्म 'ठूली'को विशेष शोका लागि जीवन अमेरिका हानिएका हुन् । अमेरिका पुगेका जीवनले आफूलाई नेपाली फिल्म क्षेत्रमा 'नाइ नभन्नु ल'ले चम्काएको खुलाएका छन् ।


सस्पेन्स थ्रीलर फिल्म 'स्केप'को नयाँँ प्रोमो रिलिज गरिएको छ । दुर्व्यसनीको कथा उठान गरेको यो फिल्मले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने निर्देशक अनन्त घिमिरेको भनाई छ ।


