मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलामानको फिल्ममा १३ मिनेटको गीत

एजेन्सी, मुम्बई, 2015/03/25

 सूरज बडजात्याको निर्देशनमा सलमान खानले अभिनय गरेको फिल्म ‘प्रेम रतन धन पायो’मा बलिउडको हालसम्मकै लामो गीत हुने भएको छ । कुल ९ गीत रहेको फिल्ममा एउटा गीत १३ मिनेटको हुने निर्माण युनिटले जानकारी दियो । 

 
फिल्मका करियोग्राफर अहमद खानले यसको पुष्टि गरेका छन् । उनले आफूले करियोग्राफी गर्ने गीत १३ मिनेट लामो रहेको बताए । हिमेश रेशमियाको संगीत रहेको उक्त गीत फिल्मको एक विशेष दृश्यमा आउने र कथालाई अगाडि बढाउने उनको भनाइ छ । 
 
पारिवारिक फिल्म ‘प्रेम रतन धन पायो’मा सलमान खान, सोनम कपुर, निल नितिन मुकेश तथा स्वारा भाष्करको मुख्य भुमिका रहेको छ ।