मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

रेखा थापाको फिल्ममा दिदिका छोरा

फिल्मीखबर, काठमाण्डौ, 2015/03/26
अभिनेत्री रेखा थापाले रेखा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागेको नयाँ फिल्म 'रामप्यारी'का अभिनेता फाइनल गरेकी छिन् । यो फिल्ममा रेखाले आफ्नै जेठी दिदीका छोरा आभाष अधिकारीलाई अभिनेताको रुपमा भित्राउने तयारी गरेकी छिन् ।
 
 
जेठी दिदी पारु थापाका छोरा आभाष अहिले फिल्म खेल्नकै लागि अभियन, नृत्य लगायतको तालिम लिइरहेका छन् । रेखासँगै हुर्किएका आभाषले उनलाई मामु भन्ने गरेका छन् । 
 
आभाष सानोमा मामाघर बसेर पढेकाले पनि रेखासँग घुलमिल भएका हुन् । जसका कारण पनि उनलाई फिल्ममा काम गर्न सजिलो हुनेछ । यो फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । ट्याम्पु ड्राइभरको कथामा तयार हुन लागेको यो फिल्ममा रेखा मुख्य भूमिकामा छिन् ।