मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रचार कस्ले गर्ने ?

फिल्मीखबर, काठमाण्डौ, 2015/03/25
नेपाली फिल्म बनाउनेहरुको एउटा समस्या छ, हलमा प्रदर्शन हुने दिनसम्म फिल्मको काम सकिएको हुँदैन । जसका कारण फिल्म बनाउनेहरुको काम प्रचार भन्दा पनि हलसम्म कसरी ल्याउने भन्नेमा नै बढी देखिएको छ । जसले गर्दा फिल्मको प्रचार गर्ने समयमा निर्माता–निर्देशक फिल्मलाई अन्तिम तयारी दिनमै व्यस्त हुन्छन् ।
 
शुक्रबार अर्थात् पर्सीबाट प्रदर्शनमा आउन लागेको फिल्म 'षडङ्ग'को हकमा पनि यस्तै भएको छ । निर्माता र निर्देशक फिल्मलाई अन्तिम रुप दिनका लागि रात दिन लागिपरेका छन् । फिल्मको काम अझै सकिएको छैन । शुक्रबार प्रदर्शनमा आउने फिल्मको अन्तिम काम यतिबेला डीसीएनमा भैरहेको छ ।
 
फिल्मलाई हलसम्म ल्याउनका लागि लागिपरेका यसका निर्देशक तथा लेखक सुरज सुुनुवारले प्रचारलाई समय नै दिन भ्याएनन् । जसका कारण पनि दर्शकले चल्नु अगाडि फिल्म हेर्न किन जाने भनेर बुझ्न पाएका छैनन् ।
 
कलाकारहरु पनि आ-आफ्नै काममा व्यस्त देखिएका छन् । फिल्मको एउटा पत्रकार सम्मेलन भएपनि अन्य कुरा गर्न निर्माणपक्षले नै भ्याउन सकेन ।
 
प्रियंका कार्की, सौगात मल्ल, अनुप बराल, सौरमराज तुलाधरको मुख्य भूमिका रहेको यो फिल्मलाई ग्याङस्टारको कथामा बनाइएको छ । फिल्म नचलिरहेको अवस्थामा 'षडङ्ग'ले भने केहि राहत दिन्छ कि भन्ने आश फिल्मकर्मीको छ ।