

निर्देशकबाट अभिनेता बनेका सुदर्शन थापाले स्वर्गिय आलोक नेम्वाङको अन्तिम फिल्म 'अझै पनि' भएकाले उनको संवेदना बेचेर फिल्म नचलाउने बताए । उनले भनेका छन्, 'आलोक दाइको संवेदना बिक्री गर्दैनौं । हामी फिल्मले बोकेको भावनामार्फत दर्शक तान्न कोशिस गर्नेछौं ।'

निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाको सम्बन्धको राम्रो छैन । बैबाहिक जीवनबाट अलग भएपछि एकर्काको बारेमा कुरा काट्ने गर्ने यी दुई फिल्मीकर्मी आज एकसाथ देखिए ।

दुई देशको संस्कृतिलाई अगाडि बढाउने उद्देश्यले जापानीज भाषाको चर्चित फिल्म 'हिमावारी'लाई नेपाली भाषामा डबिङ गरेर नेपालमा रिलिज गरिने भएको छ । 'सुर्यमुखी फूल' नाम दिएर यो फिल्म नेपाली भाषामा रिलिज गर्न लागिएको हो ।

चैत्र ६ गतेलाई प्रदर्शनको मिति तय गर्दै प्रचार प्रसारको थालनी गरेको फिल्म 'धून'को गीत रिलिज गरिएको छ । निर्माता सुशिल शाहले आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरेका हुन् ।

पौष २५ मा ३ फिल्म प्रदर्शनमा आएको एक साता बित्न नपाउँदै निर्माताबाट निर्देशक बनेका मुनाल घिमिरेको 'इच्छा' प्रदर्शन हुनेछ । यो फिल्म प्रदर्शनसँगै मुनालको करिअरको बाटो तय हुनेछ ।

