

निर्माता छविराज ओझा फिल्म क्षेत्रका लागि बाघ नै मानिन्छन् । उनले हरेक परिस्थितीमा फिल्म निर्माण गरेर सफलताको झण्डा पनि गाडेका छन् । जसका कारण उनी २५ बर्षदेखि यो क्षेत्रमा निरन्तर लागिरहेका छन् ।

सेतै फुलेका कपाल र दार्ही लिएर स्कुल जाँदा कस्तो देखिएला ? सोमबार बालाजु ल्याबमा यस्तै बुढ्यौली गेटअपमा अभिनेता आर्यन सिग्देल स-साना बालबालिकासँगै पढ्दै गर्दा भेटिए । हेर्दा लाग्थ्यो उनलाई पढ्ने रहर बुढेसकालमा जागेको छ ।

लगातार २ वटा सिक्वेल हिट भएपछि बलिउड फिल्म 'हेराफेरी'को तेश्रो श्रृङ्खला पनि बन्ने भएको छ । यो फिल्मको २ श्रृङ्खलामा अक्षय कुमार, सुनिल सेट्टी र परेश श्रावल देखिएका थिए । तर, यसको तेश्रो पाटोमा भने जोन अब्राहम र अभिषेक बच्चन देखिन लागेका हुन् ।

अभिनेता आर्यन सिग्देलले अभिनय गरेको फिल्म 'अलबिदा'लाई अभिनेता निखिल उप्रेतीले साथ दिएका छन् । काठमाण्डौमा आयोजना भएको प्रेस शोमा निखिल उप्रेती देखिए, आर्यन छायांकनमा नै व्यस्त बने ।

माघ २ गतेबाट देशभर एकसाथ रिलिज हुने भनिएको फिल्म 'इच्छा' काठमाण्डौ उपत्यका बाहिर भने माघ १ गते नै लाग्ने भएको छ । माघे संक्रान्तिमा दर्शकको भिड हुने भएकाले सिङ्गल स्क्रिन लक्षित 'इच्छा'ले त्यो दाऊ छोपेको हो ।

