
अभिनेत्री करिश्मा मानन्धर १२ बर्षपछि फिल्म निर्माणमा फर्किएकी छिन् । करिश्माले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम 'फागु' राखिएको छ ।

अभिनेता राजेश हमालले केही दिन अगाडि व्यायाम गर्दै गरेको तस्बिर सार्वजनिक भएपछि यसले गसिपको राम्रै स्थान पायो । कसिलो स्ल्याक्स लगाएर हमालले गरेको व्यायाममा उनी उच्छृङ्खल देखिएका थिए ।

अभिनेता भुवन केसीका छोरा अनमोल केसीका लागि लक्की मानिएका निर्देशक हुन्, हेमराज बिसी । हेमराजले निर्देशन गरेका 'होस्टल' र 'जेरी' हिट भएपछि यसका कलाकार अनमोलको चर्चा पनि चुलिएको छ ।

नेपाल चलचित्र प्राविधिक संघले आफ्ना सदस्य मोहन बरालले आत्महत्या गरेपछि सम्पूर्ण छायांकन रोक्न आग्रह गरेको छ । हिजो बेलुकी आफ्नै डेरामा बरालले आत्महत्या गरेका थिए । उनको अहिले टिचिङ अस्पतालमा पोष्र्टमार्टमको काम भैरहेको छ ।

मम्मी सलमान खानको फ्यान । दुई दिदीहरूको नाम डिम्पल र ममता अनी भाइको नाम सलमान । आफ्नो नाम माला । कफीको सुर्की लगाइसकेर हाँस्दै भनिन्, 'हाम्रो त परिवारको नाम नै कलाकारको छ । हामी त सबै फिल्मी । यहि फिल्मी माहोलले मलाई एक्टिङमा प्यासिनेट बनाएको छ ।'

अभिनेता दीलिप रायमाझीको शिर्ष भूमिका रहेको फिल्म ‘लोग्ने मान्छे’ माघ २३ मा रिलिज हुँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दिलिप र नव कलाकार अनिशा गुरुङको रोमान्टिक गीत रिलिज गरिएको छ ।

