Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो रह्यो `नाईं नभन्नु ल ३` प्रिमियर (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2015/04/06
प्रदर्शनमा आउनुभन्दा ४ दिन अगाडि नै फिल्म 'नाई नभन्नु ल ३'को भव्य प्रिमियर काठमाण्डौको बिग मुभिजमा गरिएको छ । विकास आचार्यको निर्माणमा मुस्कान ढकालले पहिलो पटक निर्देशन गरेको यो फिल्म हेर्न कलाकार, पत्रकार र फिल्मीकर्मी बाक्लो उपस्थिती थियो ।
 
प्रिमियरमा आमन्त्रित दर्शकहरू धेरै भएर हलमा स्थान नहुँदा कतिपय कलाकार फर्किएका थिए । केही अभिनेत्रीहरुले बस्ने ठाउँ नपाउँदा फिल्म नै नहेरी फर्किएको पनि पाइयो ।
 
फिल्मको कथावस्तुलाई उपस्थिती फिल्मीकर्मीले रुचाएका छन् । विशेषगरि फिल्म हेरेर फर्किएका अधिकांशले यसको गीत संगीत र अभिनेता आर्यन सिग्देलको अभिनयलाई मन पराएका थिए ।
 
फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संयम पुरी, आश्मा डीसी, अनुभव रेग्मी प्रिमियरमा सहभागी थिए । फिल्म 'नाई नभन्नु ल ३' शुक्रबारबाट हलमा लाग्दैछ ।
 
 
 
 
 
 
 
 
Most Visited News (monthly)