Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाण्डौ जेसिसद्धारा `अझै पनि`को च्यारिटी

फिल्मीखबर, काठमाण्डौ, 2015/04/07
चर्चित निर्देशक स्व. आलोक नेम्वाङ निर्देशित अन्तिम फिल्म ‘अझै पनि’को पहिलो च्यारिटी सम्पन्न भएको छ । काठमाण्डौ जेसिसले सोमबार साँझ राजधानीको दरबारमार्गस्थित क्यूज सिनेमाजमा च्यारिटीको गरेको हो । 
 
काठमाण्डौ जेसिसले उक्त च्यारिटीबाट संकलित रकम सामाजिक कार्यमा लगाउने जनाएको छ । निर्माता पूनम गौतम सहित कलाकारहरु पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का लगायतको उपस्थिती रहेको उक्त च्यारिटी कार्यक्रममा प्रमूख अतिथीको रुपमा उर्जा मन्त्री राधा ज्ञवालीको उपस्थिती रहेको थियो । 
 
कार्यक्रममा बोल्दै निर्माता गौतमले 'अझै पनि' हरेक नेपालीले हेर्नैपर्ने फिल्म भएको बताउँदै आफ्नो पहिलो फिल्म समाजको लागी बनाएको र अर्को फिल्म पनि समाज भित्रकै कथामा आधारित रहेको बनाउने बताईन् ।
 
उर्जा मन्त्री राधा ज्ञवालीले नेपाली फिल्म पनि विदेशी फिल्म जत्तिकै गुणस्तरिय रहेको बताउँदै 'अझै पनि'लाई जेसिसले च्यारिटी गरेकोमा खुशी व्यक्त गरिन् । पूनम इन्टरटेनमेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको यस फिल्मको कथा रामशरण पाठकले लेखेका हुन् ।
 
‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, रामशरण पाठक, मिथिला शर्मा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।
Most Visited News (monthly)