Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाले गरिन् प्रियंकाको तारिफ

फिल्मीखबर, काठमाण्डौ, 2015/04/07
अभिनेत्री रेखा थापालाई सम्बन्ध सपार्न र विगार्न खासै समय लाग्दैन । उनको सम्बन्ध कोसँग कतिबेला बन्छ र कोसँग कतिबेला बिग्रन्छ भन्ने मेसो कमैले मात्र पाउँछन् ।
 
फिल्म 'नाई नभन्नु ल ३'को प्रिमियरमा सहभागी भएकी रेखाले फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्कीको खुबै तारिफ गरेकी छिन् । फेसबुकमा प्रिङ्कु भन्दै रेखाले उनको कामको खुबै तारिफ गरिन् । यसले रेखा र प्रियंका निकट भएको पनि देखाउँछ ।
 
रोचक त के पनि देखियो भने लामो समयदेखि बोलचाल भन्दा पनि बाहिर रहेका संचारकर्मी प्रकाश सुवेदीसँग पनि रेखा खुबै नजिक देखिइन् । रेखा र प्रकाशको निकटता हेर्दा लाग्थ्यो उनीहरु कहिले टाढा भएकै थिएनन् । तर, रेखा र प्रकाशको बोलचाल नभएको लामै समय भैसकेको थियो ।
 
रेखाले फिल्म 'नाई नभन्नु ल ३' हेरेपछि यसका निर्देशक मुष्कान ढकाललाई निर्देशक बनाउने घोषणा समेत गरिदिइन् । उनको काम मन परेकाले आफ्नो नयाँ प्रोजेक्टमा निर्देशक बनाउने उनको भनाई थियो । सम्बन्ध बनाउन र बिगार्न सिपालु रेखाले मुष्कानलाई आवेगमा आएर निर्देशक बनाउने घोषणा गरिन् या के गरिन् भोली नै थाहा होला ।
 
तर, फिल्म हेर्न आएपनि रेखा र फिल्मका मुख्य अभिनेता आर्यन सिग्देलको भने बोलचाल भएन । उनीहरु आमुन्ने सामुन्ने भएपनि बोलेनन् । रेखाको सम्बन्ध कोसँग बन्छ र कोसँग भत्कन्छ भन्नै गाह्रो छ ।
Most Visited News (monthly)