Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पात्र सफल व्यक्ति असफल

फिल्मीखबर, काठमाण्डौ, 2015/04/06
जब अभिनेता सौगात मल्लले कुनै फिल्ममा काम गर्छन्, त्यसबाट एउटा पात्र जन्मन्छ । सौगातले अभिनय गरेको फिल्म 'लुट'ले 'हाकु काले' नामक पात्रको जन्म दियो । 'हाकु काले' सफल भयो तर सौगात असफल भए ।
 
यसपछि निरन्तर उनले अभिनय गरेका फिल्मबाट एक न एक पात्र जन्मिए तर सौगात असफल बने । यो असफलताको सूची लामो छ । सौगात मल्ललाई पर्दामा दर्शकले किन रुचाएनन्, यो विश्लेषण गर्न जरुरी छ । मिडियादेखि टाढा रहने सौगातलाई के समस्या आएको छ, समिक्षा पक्कै हुनेछ ।
 
चैत्र १३ गतेबाट प्रदर्शनमा आएको फिल्म 'षडङ्ग'बाट पनि सौगातले अर्को एक पात्र जन्माए, 'कालु' । तर, 'कालु'ले सौगातलाई हिट बनाउन सकेन । फिल्मको तारिफ धेरैले गरेपनि बक्स अफिसमा कलेक्शन गतिलो भएन ।
 
सौगातले यो फिल्ममा एक मधेसी यूवाको भूमिका गरेका थिए । फिल्म असफल भएपछि सौगातका लागि यो बर्ष राम्रो बन्न सकेन । यो बर्ष उनले अभियन गरेका सबैजसो फिल्म असफल बने ।
 
पात्रलाई जन्मदिने सौगात किन एकपछि अर्को तबरले असफल हुँदैछन् त ? 
Most Visited News (monthly)