अभिनेत्री प्रियंका कार्की फिल्मको चरित्रमा मात्र हैन आइटम गीतमा पनि जम्दै छिन् । उनी केही फिल्ममा आइटम गर्लको रुपमा प्रस्तुत भैसकेकी छिन् । उनले फिल्म 'लुटेरा'मा पनि आइटमा गीतमा कम्मर मर्काएकी छिन् ।

.jpg)
.jpg)
.jpg)
शनिबार खिचिएको फिल्मको 'ब्लास्ट भयो मेरो जवानी' बोलको गीतमा प्रियंकाले आइटम नृत्य गरेकी हुन् । नक्सालको बाल मन्दिरको हलमा प्रियंकाले आफ्नै कोरियोग्राफीमा यो गीतको छायांकन गरेकी हुन् ।
बसन्त कुमार श्रेष्ठ र गोपाल कायस्थले मिलेर बनाएको यो फिल्ममा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठले मुख्य भूमिकामा काम गरेका छन् । फिल्म भदौको २२ गतेबाट प्रदर्शन आउने वितरक तथा निर्माता कायस्थको भनाई छ । फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका छन् ।

