Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16543 - 16548 of 24017
फिल्मीखबर, काठमाडौं, 2015-02-19, बिहिवार

 प्रिती जिन्टा बलिउड र क्रिकेट एकअर्काका पर्यावाची जस्तै हुन् । बलिउडका अभिनेत्री र क्रिकेटका चर्चित खेलाडी विचको सम्बन्धले मिडियामा हरेक समय चर्चा पाउँछ । यो चर्चामा अहिले विराट कोहली र अभिनेत्री अनुष्का शर्मा छन् । तर, केही समय अघिसम्म पनि अभिनेत्री प्रिती जिन्टा र क्रिकेटर यूवराज सिंहको सम्बन्धको चर्चाले मिडिया गर्माएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-02-18, बुधवार

बलिउडका अभिनेत्रीहरु अभिनयसँगै गायनमा पनि सक्रिय हुन थालेका छन् । अभिनेत्रीद्धय श्रद्धा कपुर र आलिया भट्टले आफू अभिनित फिल्ममा गीत गाइसकेका छन् । उनीहरुले गाएको गीतले राम्रै चर्चा पनि बटुलेका थिए  । यो सूचीमा अभिनेत्री प्रियंका चोपडा पनि थपिइन् । उनले त अंग्रेजीमा एल्बम नै निकालेर विश्वमै चर्चा पाइन् । बलिउडमा अभिनेत्रीहरु गायिका बन्ने सूचीमा अब दीपिका पादुकोण पनि थपिएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-02-18, बुधवार

फिल्म ‘समय’बाट नेपाली फिल्ममा डेब्यू गरेका अभिनेत्री मौसमी मल्लका छोरा विक्की मल्लले प्रेमिका भगाएका छन् । प्रेम दिवसको अवसरमा चितवनमा रहेकी प्रेमिकालाई भगाएको स्रोतले बताएको छ ।  बिक्कीले भगाएकी प्रेमिकाको नाम भूमिकासिंह ठकुरी रहेको पनि स्रोतल जनायो ।

फिल्मीखबर, काठमाडौं, 2015-02-18, बुधवार

अभिनेता आर्यन सिग्देललाई दोहोरो भूमिकामा देखाइएको फिल्म ‘होमवर्क’को छायांकन मंगलबारबाट सकिएको छ । निर्देशक निरक पौडेलले कडा मिहिनेतका साथ होमवर्क गरेकाले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।फिल्ममा आर्यन वृद्ध र यूवाको दोहोरो भूमिकामा देखिने  छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-02-17, मंगलवार

काठमाण्डौको चावहिल स्थित एफक्यूब हलमा फिल्म इच्छाको प्रिमियर गरिएको छ । फिल्मका मुख्य कलाकार सुवास थापा, दिपशिखा शाही, निर्देशक मुनाल घिमिरे लगायतको उपस्थितीमा फिल्मको प्रिमियर गरिएको हो । फिल्मको प्रिमियरमा केही फिल्मीकर्मी र पत्रकार उपस्थित थिए । फिल्म हेरेका अधिकांशले यसको कथावस्तु राम्रो भएको प्रतिक्रिया दिए ।

फिल्मीखबर, काठमाडौं, 2015-02-17, मंगलवार

फिल्म ‘अझै पनि’ लाई अब हरेक उमेरका दर्शकले हेर्न पाउने भएका छन् । फिल्मको सोमबार सेन्सर भएको हो । चलचित्र सेन्सर बोर्डले ‘अझै पनि’लाई यूनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ । फिल्म हेरिसकेपछि विकास बोर्डका सदस्य समेत रहेका निर्देशक सुरेश दर्पण पोख्रेलले यसको खुलेर प्रशंसा गरे । उनले नेपाली फिल्म राम्रो हुँदैन भन्नेहरुका लागि अझै पनि एउटा गर्व गर्न लायक फिल्म बनेको बताए ।

Results : 16543 - 16548 of 24017