मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.60/5.00)
Text size:-
+
-

नेपालमा सहयोग गर्न मिल्दैन : सलमान खान

फिल्मीखबर, काठमाडौं, 2015/05/03
बलिउड अभिनेता सलमान खानले नेपालको भुकम्प पीडितका लागि आफूले सहयोग नगर्ने बताएका छन् । सलमानले नेपालका भुकम्प पीडितका लागि उनको सामाजिक संस्था बिइङ हयुमन मार्फत दस करोड सहयोग गर्न लागेको खबरको खण्डन गर्दै आफूले बिइङ हयुमन मार्फत नेपाललाई कुनै पनि सहयोग गर्ने घोषणा नगरेको बताएका छन् ।
 
'मैंले सहयोग गर्ने भनेको कुरा केवल अफवाह मात्र हो । बिइङ हयुमनले भारतीयलाई मात्र सेवा गर्छ', सलमानले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन् । सलमानले बिइङ हयुमन भारतका लागि मात्रै भनेपनि उनले राजधानीको राइजिङ मलको पहिलो तलामा बिइङ हयुमनको क्लोदिङ स्टोर भने खोलेका छन् । 
 
एक वर्ष पहिले मात्र खुलेको सो स्टोरको तामझामका साथ ओपनिंग गरिएको थियो र उतिबेला नेपालमा पनि समाजसेवाका लागि उक्त स्टोर सन्चालनमा ल्याइएको साझेदारहरुको दाबी थियो । तर, सलमानको यो घोषणासँगै उनी केवल कपडा बेच्न मात्र नेपाल आएको पुष्टि भएको छ ।
 
 
त्यसैगरि केही दिन पहिले अर्का अभिनेता अक्षय कुमारले पनि उनको रिलिज हुन लागेको फिल्म 'गब्बर इज ब्याक'को पहिलो दिनको कमाई नेपालका भुकम्प पीडितका प्रदान गर्ने घोषणा गरेको खबर आएको थियो । सो खबर पनि केवल अफवाह मात्र थियो । अक्षयले आफू सो फिल्मको निर्माता नभएको र सहयोग गर्न चाहे फिल्मको कलेक्सन नकुर्ने बताएका थिए । 
 
नेपालसँग उति साइनो नभएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी जस्ता फुटबल स्टारले नेपालको भुकम्प पीडितका लागि राहत संकलनमा चासो देखाईरहँदा छिमेकी देशका दुई कलाकारले देखाएको यो व्यवहारले सम्भवतः धेरै नेपालीको मन खिन्न बनाएको छ । किनकी, नेपालबाट मात्र भारतीय फिल्मले वर्षेनी डेढ दुई अर्ब कमाई गर्दै आएका छन् ।