
हिन्दू धर्म मान्ने अभिनेता आर्यन सिग्देलले मुस्लिम धर्ममा विश्वास गर्न थालेका छन् । उनले धर्म परिवर्तन गरेका भने हैनन् । आगामी पौष २६ गते रिलिज हुन लागेको फिल्म 'अलबिदा'मा आर्यन मुस्लिम धर्ममा विश्वास गर्ने युवकको भूमिकामा देखिंदै छन् ।

काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको १२ औं संस्करण बिहीबार कमलपोखरीस्थित कुमारी हलमा सुरु भएको छ । राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह हल र पर्यटन बोर्डको हलमा नियमित चल्दै आएको किम्फ यसपटक कुमारीमा आयोजना गरिएको हो ।


फिल्म 'भूलभुलैया'को गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक समारोहका विच फिल्मको अडियोसँगै एक भिडियो गीत पनि सार्वजनिक गरिएको हो ।

वास्तविक जीवनमा हसन खान मुस्लिम धर्म मान्छन् । यता अभिनेता आर्यन सिग्देल हिन्दु धर्म मान्छन् । यी दुबै मिल्ने साथी पनि हुन् । तर, पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'अलबिदा'मा भने यी दुईको चरित्र वास्तविक जीवन भन्दा विल्कुल फरक छ ।

फिल्म हेर्नुअघि हरेकको मनमा उब्जिने प्रश्न, ८ बर्षका एक बालकले कसरी साढे २ घन्टाको फिल्म बनाउन सक्छ ? लामो समयदेखि मिडियामा ८ बर्षका निर्देशक भनेर चर्चा पाइरहेका सौगात बिष्टप्रति धेरैको विभिन्न खालका टिप्पणी पनि भए ।

