Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विकट गाउँमा गोपिकृष्णको सहयोग

फिल्मीखबर, काठमाडौं, 2015/05/02
सरकारी नजर नपुगेको सिन्धुपाल्चोकको टौथली गाविसबाट गोपिकृष्ण मुभिज  समूहले भुकम्प प्रभावितका लागि सहयोगको थालनी गरेको छ ।  गोपिकृष्ण समूहले शुक्रबार राजमार्गबाट ४० किलोमिटर पर रहेको बिकट टौथली गाविसका भुकम्प पीडितका लागि त्रिपाल तथा खानेकुराहरु सहयोग गरेको हो । 
 
 
 
करिब ३ लाख बराबरको सहयोग प्रदान गर्न गोपिकृष्ण मुभिज अक्ष्यक्ष निकिता पौडेल, निर्देशक निरक पौडेल, रेशराज आचार्य, प्राविधिक संघका अध्यक्ष मनोज केसी र टिभि फिल्मी स्टेसन म्यानेजर दयाराम पाण्डेको साथमा अभिनेत्री गौरी मल्ल र निता पोखरेल टौथली पुगेका थिए । सो समूहले पीडितलाई चामल, चिउरा,चाऊचाऊ, जुस आदि वितरण गरेको थियो । सरकार तथा कुनै पनि संघ संस्था नपुगेको टौथली बजारका बासिन्दा गोपिकृष्णको नेतृत्वमा पुगेको टोलीलाई देखेर द्रवित बनेका थिए । 
 
हामीलाई सम्झेर तपाईंहरुले गरेको यो सहयोग हाम्रा लागि अमृत सरह भएको छ । हामी तपाईंहरु प्रति साह्रै आभारी छौं, एक बासिन्दा द्रवित हुँदै भने । निर्देशक निरक पौडेलले ६ दिनसम्म पनि गाउँमा कोही पनि सहयोगका लागि नपुगेको खबर पाएपछि टौथली पुगेको जानकारी गराए ।
 
'हलमा काम गर्ने कर्मचारीहरुबाट त्यो गाउँको अवस्थाका बारेमा सुन्यौं । सरकार र अन्य निकायको पनि उपस्थिति पुगेको छैन भन्ने थाहा पाएपछि सहयोगलाई टौथलीसम्म पुर्याउने हेतुले यहाँ आएका थियौं । यहाँ आएपछि अवस्था झनै विकराल भएको अनुभूति भएको छ । सकेसम्म थप सहयोग पनि पुर्याउने प्रयास गर्नेछौं', निरकले भने । 
 
त्यस्तै गोपिकृष्ण अध्यक्ष निकिता पौडेलले सरकारसँगै अन्य निकायले सुविधाजनक स्थानमा मात्र नभएर विकट गाउँमा पनि चासो राख्ने आवश्यकता रहेको औंल्याइन । 'टौथली जस्ता सार्वजनिक यातायातको पहुँच नभएका जनताले पनि राहत पाउनुपर्छ । सबैले यस्ता ठाउँमा पनि ध्यान दिन जरुरी छ', निकिताले भनिन् । 
 
८ सय घरधुरी भएको टौथली गाविसमा ६ सय घर बस्नै नहुने गरी क्षतिग्रस्त छन् । सरकारी टोली नपुग्दा टौथली बजारमा उद्धारको काम समेत हुन सकेको थिएन । घरले पुरेका चौपायासँगै केही मानिसको पनि उद्धार हुन नसकेको स्थानीय बासिन्दाको गुनासो थियो । 
 
गोपिकृष्णको टोलीसँगै गएकी अभिनेत्री गौरी मल्लले टौथली बासीलाई धैर्य गर्न प्रेरित गरिन् । देशभरि नै क्षति भएकाले सरकारको ध्यान सबैठाउँमा पुग्न सम्भव नभएकाले स्थानीयबासी आफैं पनि उद्धार र राहतमा सक्रिय हुन उनको आग्रह थियो ।
 
 
Most Visited News (monthly)