Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16549 - 16554 of 24017
फिल्मीखबर, काठमाडौं, 2015-02-17, मंगलवार

चैत्र १३ गते भुल भूलैयासँगै अर्को एक फिल्म पनि प्रदर्शनमा आउने भएको छ । सुरज सुनवारको लेखन तथा निर्देशनमा बनेको फिल्म षडङ्गले ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । अब, यो फिल्म चैत्र १३ गते प्रदर्शनमा आउने पक्का भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-02-16, सोमवार

सजन श्रेष्ठको निर्देशनमा बनेको फिल्म पूनर्जन्मको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गजित बिष्ट र केकी अधिकारीले नृत्य गरेका छन् ।
‘जब दुख पर्छ’ बोलको गीतलाई प्रमोद खरेलले गाएका हुन् भने दुवैलाई कमल राईले आफ्नो कोरियोग्राफीमा दुवैलाई नचाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-02-16, सोमवार

फागुन ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म इच्छाकि अभिनेत्री दिपशिखा शाहीले आफू व्यक्तिगत कामका लागि अल्झेकाले फिल्म प्रमोशनमा हिड्न नपाएको स्पष्टिकरण दिएकी छिन् । फिल्म युनिटले दिपशिखाले प्रमोसनमा साथ नदिएको सन्दर्भमा यस्तो स्पष्टिकरण आएको हो ।

फिल्मीखबर,, काठमाडौं, 2015-02-16, सोमवार

प्रदर्शन मिति तय नभएको फिल्म चकलेटको ट्रेलर र ३ वटा गीत सार्वजनिक गरिएको छ । काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-02-16, सोमवार

निर्माता छविराज ओझाको छविराज प्रोडक्शनमा भित्रिएकी अभिनेत्री शिल्पा पोख्रेललाई चिठ्ठा नै परेको छ । उनी एकपछि अर्को छविको फिल्ममा अनुवन्धित भैरहेकी छिन् ।
यसअघि अभिनेत्री रेखा थापालाई लिएर बनाएका फिल्मको सिक्वेल बनाउने धुनमा छवि लागेका छन् । उनले आफ्ना सबैजसो सिक्वेल फिल्ममा अभिनेत्री शिल्पा पोख्रेललाई लिने जमर्को गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-02-16, सोमवार

फिल्म मिसन पैसा २ का निर्माता मध्येका एक माधव वाग्लेले आफ्नो फिल्म ढिलो आउनुको दोष निर्देशक सिमोस सुनुवार माथि थोपरेका छन् । आज काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा निर्माता वाग्लेले किन फिल्म ढिलो चल्यो भन्ने पत्रकारको प्रश्नमा भने, यो सबैको जिम्मेवारी निर्देशकले लिनुपर्छ । उहाँकै कारणले गर्दा फिल्म समयमा रिलिज हुन सकेन ।

Results : 16549 - 16554 of 24017